केन्द्रीय संस्करण

कोरोनाविरुद्धको युद्धमा पूर्वीय समाजबाट युरोप–अमेरिकाले के सिक्ने ?

person explore access_timeचैत १८, २०७६ chat_bubble_outline0

दक्षिण कोरिया, जापान र भारतजस्ता एशियाका प्रजातान्त्रिक मुलुक कोरोनाभाइरसको महामारीविरुद्ध युरोप र अमेरिकाको दाँजोमा राम्रोसँग लडिरहेका छन् । गहिरो सामाजिक विभाजन र पश्चिमाको कमजोर नेतृत्व यसका दुई कारण हुन् ।

संसारका १ सय ९९ देशमा आगोसरी फैलिएपनि कोरोनाले फरक देशमा निम्त्याएको फरक खाले विध्वंशले त्यही भन्छ ।

सबैभन्दा खराब प्रभावित मुलुकको सूचीमा पश्चिमा प्रजातान्त्रिक देश छन् । यहाँ ठूलो जनसंख्यामा संक्रमण देखिएको छ र धेरैको मृत्यु भइसकेको छ । दुई अपवाद – कोरोनाको उद्गमथलो चीन, जहाँ एकदलीय शासन प्रणाली छ अनि धर्म र प्रजातन्त्र मिश्रित ईरान, जहाँ अहिले अमेरिकी नाकाबन्दी विद्यमान छ । यी दुई देशलाई छाड्ने हो भने बाँकी सबै उच्च पीडित देश पश्चिमा प्रजातन्त्र हुन् ।

तुलनात्मक रुपमा एशियाली प्रजातन्त्र यस सूचीमा तल छन् र उनीहरु अमेरिका र युरोपजस्ता भयावह मानविय क्षती र स्वास्थ प्रणालीको विध्वंश रोक्न सफल हुनसक्नेछन् ।

नैतिक प्रेरणा र नियन्त्रण

तीन अन्तर सम्बन्धित पक्षले एशियाली प्रजातन्त्रिक सुरक्षित रहेको वर्णन गर्छन् । पहिलो यी देशमा उर्जावान् र आत्मविश्वासी नेतृत्व छ । दक्षिण कोरियाका प्रधानमन्त्री मुन जाय इन, जापानी प्रधानमन्त्री सिन्जो अवे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वदायी व्यक्तित्व हुन्, जो आफ्ना जनतामाझ लोकप्रिय र स्विकार्य छन् । जब शक्तिशाली र एकतामा विश्वास राख्ने राजनीतिज्ञ सत्तामा हुन्छन्, तब जनताले संकटको समय नियम र निर्देशन मान्छन्। सरकारका नियमलाई एशियाली प्रजातन्त्रमा जनताले बलियो गरी स्विकारेका छन् । एशियाली नेताले समातेको नैतिक प्रेरणा र कडा नियन्त्रणको सन्तुलित मिश्रणलाई यी देशका जनताले खुला स्वीकारेका छन् ।

उदाहरणका लागि, घरमै बस्नुपर्ने लकडाउनका आचारसंहिता नटेरे जेल हाल्न सकिने सरकारी चेतावनीका बाबजुद मोदी आफैंले भारतीयहरुसँग हात जोडेर जिम्मेवार नागरिक बन्न अनुनय गरेका छन् ।

एशियाली नेताले कोरोना क्वारेन्टाइनमा बस्न आफ्ना अधिकांश जनतालाई सहमत गराइरहेका छन् भने पश्चिमाहरु यसैमा संघर्षरत छन् ।

पश्चिमा युरोप र अमेरिकामा ‘उदारवादी र लोकप्रियतावादी’ बीच विद्यमान गहिरो सामाजिक धुव्रिकरणका कारण ठूलो संख्याका जनता विद्यमान नेतृत्वको विपक्षमा छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इटालियन प्रधानमन्त्री जुसेप्पे कोन्टे, स्पेनिस प्रधानमन्त्री पेड्रो र फ्रेन्च प्रधानमन्त्री इम्मानुयल म्याक्रोले आफ्नो विभाजित घरलाई एक बनाउन सकेका छैनन् । पश्चिममा सरकारमाथि जनताले गर्नुपर्ने विश्वास कम छ र यसले गम्भीर संकटको घडीमा जनता परिचालन गर्ने उनीहरुको क्षमता कमजोर बनाएको छ । धेरै पश्चिमा नेताले यस्तो संकटग्रस्त घडीमा आफ्नो राजनीतिक जीवन जोखिममा पर्ने विश्वास गरेका छन्, फेरि निर्वाचित हुने संभावना र अप्रुभल रेटिङका विषयमा सोच्दा–सोच्दै रोकथामका लागि खुलेर पर्याप्त कदम चाल्न उनीहरु ढिला भएका छन् ।

एकजुट पूर्वीय र व्यक्तिवादी पश्चिमा

कोरोना भाइरसविरुद्धको लडाइँमा एशियालीहरु अघि देखिनुको अर्को कारण उनीहरुको संस्कार हो । एशियाली समाज एकजुट छ, यहाँका नागरिकसँग समाजिक हितका लागि आफ्नो व्यक्तिगत स्वतन्त्रता बलिदानी दिएर कठिन परिस्थितीमा बाँच्न सक्ने इच्छाशक्ति छ । समाजलाई आफुभन्दा माथि राख्ने विषयमा दक्षिण कोरिया, जापान, भारत र इन्डोनेशियामा पनि फरकपन अवश्य छ । तर यी सबैलाई समग्रमा लिएर पश्चिमा युरोप तथा उत्तर अमेरिकासँग तुलना गर्दा समाज वा देश नै समस्यामा रहेका बेला आफ्ना लागि कम सोच्ने स्वभाव एशियालीमै बढी देखिन्छ । पश्चिमा प्रजातन्त्रको राजनीतिक संस्कारले व्यक्तिवाद, मानव अधिकारलाई प्राथमिकतामा राख्छ र राज्यलाई स्वतन्त्रताको शत्रुका रुपमा हेर्छ ।  सारमा, एशियालीहरु निजी मामिलामा दख्खल वा सरकारको दुरुपयोगबारे चिन्तित हुँदैनन् ।

उदाहरणका लागि, जनतामा विद्यमान सामाजिक अभ्यास ‘फुर्बो’ (बाठोपन वा हिसाब–किताब गर्ने व्यवहार) इटलीमा महामारी रोकथामको बाधक बन्यो, राज्यले दमन र कडाई गर्नसक्ने शंकामा जनताले सरकारको नियन्त्रण तोड्ने उपाय खोजे । ‘हामी बाठो बन्ने प्रयास गर्नुहुन्न’ भन्ने प्रयास बहिरो कानमा पर्दासम्म ढिला भइसकेको थियो । सामाजिक दूरी कायम गर्नेगरी अनुशासनका बाबजुद सपनाजस्तोअनौठो झल्को दिने बेलायती पब्स, स्पेनिस बार, इटालियन क्याफे, फ्रेन्च पाटीस्सिरिज (बेकरी) र अमेरिकी  बीचहरुमा देखिएको ठूलो भीड अब पाठ बनेको छ ।

कोरोना भाइरस रोकथामका लागि ल्याइएका नियम तोड्ने लहर र सरकारले नियन्त्रणका लागि ल्याएका योजनामा ट्वीस्ट मिसाएर नागरिकको स्वतन्त्रतामाथि खतरा मडारिएको बहस गर्नाले पश्चिमा समाजमा ठूलो धक्का लाग्यो ।

अर्कोतर्फ, दक्षिण कोरियाले सर्वसाधारणको मोबाइल फोन र क्रेडिट कार्डको डिटेल लिनका लागि गुप्तचर एजेन्सी प्रयोग गर्दा पनि कमैमात्र विरोध सामना गर्नुप¥यो । उसले नागरिकका प्रत्येक मिनेटका गतिविधिमा हस्तक्षेपकारी ढंगले निगरानी गर्दै कोरोना फैलन दिएन ।

व्यापारीक स्वार्थ नियन्त्रण गर्नसक्ने क्षमता

पश्चिमाको दाँजोमा एशियाली प्रजातन्त्र अगाडि देखिनुको तेस्रो कारण, व्यापारीक स्वार्थ नियन्त्रण गर्नसक्ने क्षमता हो ।  लगानीकर्ताहरु स्तब्ध हुन्छन् वा बजारको भावनामा चोट पुग्छ भन्ने भयले ट्रम्प, कोन्टे वा मर्केलले आफ्नो देशमा सुरुमै पूर्ण लकडाउन गर्न सकेनन् । अमेरिकामा १३ सय जनता मरिसक्दा पनि (२७ मार्चसम्म) देशव्यापी सटडाउन छोटो समयमात्रै हुनुपर्छ र गम्भीर संकट रोक्न भन्दै राज्यले निजी क्षेत्रलाई हस्तक्षेप गर्न मिल्दैन भन्ने अडानमा ट्रम्प प्रतिवद्ध रहे । तर, साँचो यही हो कि कोरोनाले ल्याएको आर्थिक सन्नाटापछि शेयर बजारबारे तीन वर्षदेखि ट्रम्पमा सवार भूत उतारिदिएको छ ।

ठीक विपरीत, एशियाली नेताहरुले अर्थतन्त्रभन्दा देशलाई प्राथमिकतामा राखे । जबकी उनीहरु पनि आर्थिक क्षति मन पराउँदैनन् र व्यापारीक स्वार्थ समुहको दबाबबाट टाढा छैनन् । तर यस्ता स्वार्थ समूहले मोदी वा मुनमा प्रभूत्व जमाउन सक्दैनन् ।

टोकियो ओलम्पिकका लागि गरिएको ठूलो व्यवसाहिक तथा राज्यस्तरको लगानी डुब्नसक्ने चिन्ताका कारण सुरुमा अबेले जापानमा राष्ट्रिय संकटकाल लगाउन विलम्व गरेपनि अन्त्यमा जनताको स्वास्थलाई नै प्राथमिकतामा राखेर राष्ट्रिय विपद्सँग लड्न कडा नियन्त्रणको कदम रोजे, ओलम्पिक खेल स्थगित गरे ।

एशियाली प्रजातान्त्रिक मुलुक भाइरसको महामारीबाट केही हदसम्म सुरक्षित हुनुका अन्य कारण पनि छन् । भारतमा युवाको जनसंख्या धेरै छन्, जसले मृत्युदर कम गर्नसक्छ । यहाँको न्यानो तापक्रमले संक्रमण फैलने दर ढिला गर्नसक्छ । जापान र भारतले ठूलो दक्षिण कोरिया जसरी ठूलो संख्यामा कोरोना भाइरसको परीक्षण पनि गरिसकेका छैनन्, त्यसैले भविष्यमा यहाँ संक्रमितको संख्या बढी पनि देखिनसक्छ । तर अहिलेको ट्रेन्डले यही संकेत गर्छ कि त्रासपूर्ण ‘भाइरस संक्रमणको तेस्रो चरण’, जसलाई हृदयविहीन रुपमा अनुमति दिएर पश्चिमा परास्त भए, यसबाट बच्न आवश्यक तयारी गर्ने बाटोमा एशियाली प्रजातान्त्रिक देश छन् ।

राजनीतिक नेतृत्वको स्तर र सामाजिक दृष्टीकोणले विध्वंशको समय अर्थ राख्छ । पूर्वीय समाजले यस महासंकटमा पश्चिमामाथिको आफ्नो सर्वोच्चता प्रमाणित गर्नसक्छ । अहिलेका लागि, पश्चिमा प्रजातन्त्र र त्यहाँका सञ्चारमाध्यमले आफ्नो गौरवलाई चपाएर निले हुन्छ, उनीहरुले आफ्ना पूर्वीय समकक्षीलाई नियाल्नुपर्छ र त्यसबाट सिक्नुपर्छ ।

(श्रीराम चौलिया भारतको जिन्दल स्कुल अफ इन्टरनेशनल अफियर्सका प्रोफेसर तथा डिन हुन् । ‘ट्रम्पेड– इमर्जिङ पावर्स इन अ पोस्ट अमेरिकन वल्र्ड’ उनको पछिल्लो पुस्तक हो । )

रसिया टुडेबाट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.