शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान : मेघ गर्जन र हावाहुरीसहित वर्षा

मङ्गलबार, १८ चैत २०७६, ०८ : १७
मङ्गलबार, १८ चैत २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमान जारी गर्दै महाशाखाले आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहने जनाएको छ । 

महाशाखाले हाल हाल देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । 

यसैगरी, महाशाखाले मंगलबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै मध्य र पूर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ । 

पूर्वानुमानका अनुसार  देशको पश्चिमी भू–भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ ।

यता, पश्चिमी भू–भागका थोरै स्थानहरुमा र  मध्य र पुर्वका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । भने हिमाली भू–भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप