चीनको दबाबमा डब्लुएचओले कोरोनासम्बन्धी सूचना लुकाएको ताइवानको आरोप
एजेन्सी । ताइवानले चीनको दबाबमा विश्व स्वास्थ्य संगठनले कोरोना सम्बन्धी सूचना लुकाएको आरोप लगाएको छ । ताइवानको विदेश मन्त्रालयले सोमबार सो आरोप लगाएको हो । मन्त्रालयले डब्लुएचओसँग जोडिएका सदस्य राष्ट्रहरुका कोरोना केस र उपचार विधि समेत बाहिर नल्याएको आरोप लगाएको छ ।
स्मरणरहोस्, चीनको दबाबमा डब्लुएचओले ताइवानलाई सदस्य राष्ट्रको रुपमा मान्यता दिएको छैन । चीनले ताइवानलाई आफ्नो हिस्साका रुपमा लिने गरेको छ । ताइवानले कोरोना महामारीका नाममा डब्लुएचओले आफ्नो मुलुकविरुद्ध खेल खेलिरहेको आरोप समेत लगाएको छ । उक्त देशमा कोरोना महामारीबाट बच्न सुरुमै कडा कदम चालेकोले त्यति धेरै क्षति नभएका खबर बाहिर आइरहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सुरुवातका विषयमा सोधिएको प्रश्नलाई बेवास्ता गर्दै आएको ताइवानको आरोप छ ।
विश्व स्वास्थ्य संगठनले केही दिनअघि एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको नियन्त्रणका लागि ताइवानले कडा कदम चालेको बताउँदै त्यहाँका विशेषज्ञहरुसँग आफुले मिलेर काम गर्ने प्रतिबद्धता जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर