शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भुटानमा पनि ‘क्वारेन्टाइन’* को अवधि लम्ब्याइयो

सोमबार, १७ चैत २०७६, २२ : ४७
सोमबार, १७ चैत २०७६

एजेन्सी । भुटानमा क्वारेन्टाइन*को अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने क्वारेन्टाइन मंगलवारदेखी लागू हुने भएको छ। 

भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने क्वारेन्टाइन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि क्वारेन्टाइन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ । 
 
भूपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै  २१ दिने क्वारेन्टाइन घोषणा गरिएको हो ।

भुटानमा सोमवारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए । ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए ।  उनी भारतको आसामको समेत भ्रमण गरेर भुटान आएका थिए । 

*यसअघि क्वारेन्टाइनको साटो ‘लकडाउन’ भएकोमा भुलसुधार गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप