शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘भारतमा लकडाउन थप्ने तयारी छैन’

सोमबार, १७ चैत २०७६, २१ : २६
सोमबार, १७ चैत २०७६

कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि लागु गरेको २१ दिन लामो लकडाउनलाई थप गर्ने कुनै तयारी नरहेको भारत सरकारले जनाएको छ ।

अत्यावश्यक वस्तुको आपूर्ती व्यवस्थित गर्न र लाखौँको संख्यामा मजदुरहरुको आवतजावतलाई रोक्न भारत यतिबेला संघर्षरत रहेको छ ।

क्वाबिनेट सचिव राजीव गौबाले एएनआईसँग कुरा गर्दै तीन हप्ताभन्दा बढी लकडाउन थप गर्ने सरकारको कुनै तयारी नरहेको बताए । उनले लकडाउन लम्बिन सक्ने मिडिया रिपोर्टको खण्डन पनि गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गत २४ मार्चमा अप्रिल १५ सम्म देशका १.३ अर्ब जनतालाई घरभित्र बस्न निर्देशन दिएका थिए ।

तर, उनको निर्देशनलाई बेवास्ता गर्दै दैनिक ज्यालादारीमा काम गर्ने दिल्ली र मुम्बईका लाखौँ मजदुर हिँडेर आफ्नो गाउँतर्फ फकिएरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप