केन्द्रीय संस्करण

युएईमा कोरोनाबाट थप दुई जनाको मृत्यु

person explore access_timeचैत १७, २०७६ chat_bubble_outline0

युनाइटेड अरब इमिरेट्स (युएई)मा सोमबार ४१ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो सँगै युएईमा संक्रमितको संख्या ६ सय ११ पुगेको छ ।  साथै सोमबार २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सँख्या ५ पुगेको छ । 

युएई सरकारले कोरोना भाइरसको कारण व्यवसायमा क्षति पुगेको भए कामदारलाई बेतलबी र कटौती गर्न सक्ने नयाँ नियम ल्याएको छ।

कोरोना भाइरस  संक्रमणलाई रोक्न चालिएको कदमबाट निजी क्षेत्रमा ठूलो असर परेको भन्दै यूएईको मानव संशाधनमन्त्रालयले  रोजगारदाताहरुलाई यस्तो अधिकार प्रदान गरेको हो ।

कोरोना भाइरसका कारण समस्या परेका व्यवसायीले आफ्ना श्रमिकलाई वेतलवी विदा अल्पकालिन वा पूर्ण रुपमा उनीहरुको तलवकटौती गर्न, बेतलवी रुपमा राख्न समेत पाउने गरी मन्त्रालयले निर्णय गरेको हो। 

अब रोजगारदाताले कामदारलाई तलबीरबेतलबी बिदा, अस्थायी र स्थायी रुपमा तलब कटौती गर्न पाइने भएको छ। तर यस्तो निर्णय युएईका नागरिकलाई भने लागू हुने छैन। यो निर्णयलाई मार्च २६ देखि नै रोजगारदाताले लागू गर्न पाइनेछ ।

 नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य स्थानको रुपमा रहेको युएईमा यो निर्णयलेगर्दा धेरैले रोजिरोटी गुमाउन सक्ने स्थिति आउनेछ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.