शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालहरुलाई कोभिड क्लिनिक सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

सोमबार, १७ चैत २०७६, २१ : ०६
सोमबार, १७ चैत २०७६

काठमाडौं । सरकारले तोकेका अस्पताललाई कोभिड क्लिनिक अनिवार्य रुपमा संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

तोकिएका अस्पतालहरुले कोरोनाभाइरस (कोभिड-१९) शंकास्पद बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटोकलअनुसार उपचार गर्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

कोभिड - १९ को उपचार तोकिएका सबै अस्पतालले कोभिड क्लिनिक अनिर्वाय रुपमा संचालन गर्नुपर्ने मन्त्रालयले जनाएको छ । तोकिएका  सबै हब अस्पताल, प्रादेशिक अस्पताल र प्रदेश अन्र्तगतका सबै अस्पतालहरुले कोडिभ - १९को आशंकामा आएका बिरामीलाई अनिर्वाय रुपमा उपचार गर्न स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत अस्पतालहरुलाई निर्देशन दिएको हो ।

यस्तै मेडिकल कलेज शिक्षण अस्पतालहरु तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु सबै पनि उपचारमा संलग्न हुन भनिएको छ । अस्पतालहरुले कोभिड क्लिनिकबाहेक अन्य आकस्मिक स्वास्थ्य उपाचार सेवा पनि प्रदान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

आकस्मिक सेवा प्रदान गर्दा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी बिरामी र बिरामीकाआफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमाराखेर आवश्यककाममिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ । 
अन्य अस्पतालको हकमा भने आकस्मिक उपचार सेवा यथावत राख्दै स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा संचालन गर्न विज्ञेप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप