पूर्वराज्यमन्त्री ओमप्रकाशले रुपन्देहीमा बाँडे ६० क्वीन्टल चामल
पूर्वकृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले रुपन्देहीको मर्चवार क्षेत्रका वासिन्दालाई ६० क्वीन्टल चामल वितरण गरेका छन् । उनले रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित शिवपुरमा मर्चवार क्षेत्रका झन्डै १ हजार जनालाई चामल वितरण गरेका हुन् ।
कोराना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले लकडाउनको घोषणा गरेको र त्यसलाई पालना गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएका कारण कोही पनि खानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नागरिकलाई चामल वितरण गरिएको गुल्जारीले बताए ।
सोमबार शिवपुरबाट सुरु गरिएको कार्य अब मर्चवारका गाउँ गाउँ तथा चोकचोकमा गएर चामलसहित अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिनेछ, उनले रातोपाटीसगँ भर्नेर्, मर्चवारमा केही जनतााई भोगै मर्न दिन्न ,। आवस्यता अनुसार भोलि अरु ठाउँ बितवरण गर्ने हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ कमिटी सदस्य समेत रहेका नेता गुल्जारीले कोरोना भाइरसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउन नागरिकले पूर्ण रुपमा पालना गनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा