युवराज चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिरिए
सोमबार, १७ चैत २०७६, १८ : ४५
एजेन्सी । बेलायतका युवराज चार्ल्स सेल्फ आइसोलेसनबाट बाहिरिएका छन् । एकहप्ताअघि गरिएको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण (कोभिड–१९) पोजेटिभ देखिएका उनी तत्काल सेल्फ आइसोलेसनमा बसेका थिए ।
उनको स्वास्थ्यमा राम्रो सुधार आएको चिकित्सकले जानकारी दिएपछि उनी सेल्फ आइसोलेसनबाट बाहिरिएको क्लेरेन्स हाउसले जानकारी दिएको छ । ७१ वर्षीय चाल्र्सले सोमबार चिकित्सकहरुसँग परामर्श गरेका थिए । चिकित्सकहरुले स्वास्थ्यमा सुधार आएको बताएपछि उनी सेल्फ आइसोलेसनबाट बाहिरिएको बीबीसीले जनाएको छ ।
अघिल्लो हप्ता राजकुमार चाल्र्सलाई कोरोना पोजेटिभ देखिएलगत्तै उनकी श्रीमती डचेज कोर्नावालको पनि स्वास्थ्य परीक्षण गरिएको थियो, तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थिएन । श्रीमतीलाई कोरोना संक्रमण नभएपनि उनीहरु त्यसबेला देखिनै अलग–अलग आइसोलेसनमा बस्न थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै