शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोर्चुगलबाट नेपाल आएका एक युवा आइसोलेसनमा

सोमबार, १७ चैत २०७६, १८ : २१
सोमबार, १७ चैत २०७६

धनकुटा । पोर्चुगलबाट आएका धनकुटाका एक युवामा उच्च ज्वरो र रुघाखोकी देखिएपछि आज उनलाई धनकुटा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । धनकुटा–८ का ती युवा दुई साता पहिले पोर्चुगलबाट आएका हुन् ।

       उनलाई चिकित्सकको निगरानीमा राखेर प्रारम्भीक उपचार भइरहेको छ । बिरामीको जाँचका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब पठाइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले जानकारी दिए ।

       विदेशबाट आएका युवामा यस्तो लक्षण देखिएपछि उनको परिवारलाई पनि निगरानीमा राखिएको छ । परिवारका सदस्यहरुमासमेत स्वास्थ्य समस्या देखिएको हुनाले उनीहरुलाई निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप