विदेशबाट आएका ४१ हजारको विवरण अध्यावधिकः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट नेपाल आएर विभिन्न जिल्लामा गएका ४१ हजार बढीकोे ट्रेस गरेर उनीहरुको विवरण अध्यावधिक भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विदेशबाट आएका ४१ हजार ४ सय मानिसको अध्यावधिक गरिएको जानकारी दिएका हुन् । नियमित पत्रकार सम्मेलनमा देवकोटाले उनीहरुलाई आवश्यक पर्दा सरकारले जुनसुकै बेला सम्पर्कमा ल्याउन सक्ने बताए ।
उनले अहिलेसम्म कोरोना संक्रमित विरामीको संख्या नेपालमा नबढेको भन्दै वीर अस्पताल र पाटन अस्पतालमा मृत्यु भएका तीन जनाको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिए ।
देवकोटाका अनुसार अहिलेसम्म १२ जना कोरोना आशंकामा विभिन्न अस्पतालको आइसोलेसनमा रहेको भन्दै बागलुङ र धनगढीका केससँग सम्बन्धित व्यक्तिसँग ट्रेसिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको बताए ।
कोरोनाका आशंकामा जम्मा ९९३ जनाको परीक्षण भएको र ती मध्ये ५ बाहेक सवैको नेगेटिभ नतिजा आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै उनले चीनबाट ल्याएका स्वास्थ्य सामगग्रीहरुको वितरण आजैबाट वितरण गरिने र ती सामग्री वितरण आएपछि सहज हुने पनि बताए ।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले अन्य रोेग लागेर मृत्यु भएकाहरुको पनि कोरोनाकै कारण मृत्यु भएको भन्ने जसरी प्रचार भएको भन्दै वास्तविकता त्यस्तो नभएको बताए । उनले कोरोनाबारे भ्रम नर्छन अपिल गर्दै कोरोना गाउगाउमा फैलिनसकेको दावी पनि गरे ।
डा देवकोटाले सवै प्रदेशमा ९३ जना आइसोलेसनमा रहेको र २१७ जनाको नमुना संकलन भएको भन्दै प्रदेशहरुमा १०० देखि ३०० सम्म पीपीई रहेको जनाएका छन् । उनले परीक्षणको दायरा बढ्दै गएको दावी गदै आजमात्रै ७३ जनाको नमुना संकलन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा