बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालमा पनि कोरोना आशंका गरिएकी एक महिलाको मृत्यु

सोमबार, १७ चैत २०७६, १५ : ४०
सोमबार, १७ चैत २०७६

काठमाडौँ । कोरोना आशंकामा वीर अस्पतालको आइसोलेसनमा भर्ना गरिएकी चन्द्रागिरीकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । ती महिलालाई आजै अर्थात सोमबार मात्र वीर अस्पताल लयाइएको स्रोतले बताएको छ । 

मृतक महिलाको स्याम्पल टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको बताइएको छ । उच्च ज्वरो आएपछि ती महिलालाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतको भनाइ छ । 

यस विषयमा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख सुनिलजंग साहले आइसोलेसनमा राखिएको एक महिलाको मृत्यु भएको पुष्टि गरे । उनले भने, ‘कोरोनाकै कारण मृत्यु भएको हो, होइन भन्न सकिन्न ।’

यसअघि कोरोना आशंकामा ललितपुरस्थित पाटन अस्पतालमा पनि धादिङ खनियावासका तामाङ थरको ३५ वर्षीय युवकको आइतबार मृत्यु भएको थियो । तामाङको नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप