शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा लकडाउनः जनावर पनि अत्यावश्यक खाद्यान्नको जोहोमा

सोमबार, १७ चैत २०७६, १५ : २१
सोमबार, १७ चैत २०७६

एजेन्सी । बेलायतमा अहिले कोरोना भाइरस फैलँदो छ । त्यसैले मानिसहरु अत्यावश्यक वस्तुको भण्डारणमा जुटेका छन् । भर्खरै बेलायती सञ्चारमाध्यम मेट्रोले केही रमाइला तस्विर सार्वजनिक गरेको छ । जहाँ, गुरिल्लासमेत खाद्यान्न भण्डारणमा जुटेको देखिन्छ । 

मिरियम हास गत साता ब्रिस्ट्रोन चिढियाघर पुगेकी थिइन्, जब उनले सकि नसकी तरकारी ओसारिरहेको गुरिल्ला देखिइन् । यो गुरिल्लाले आफ्नो तरकारी अरुसँग बाँड्न अस्विकार गरिरहेको थियो । यी नर्स भन्छिन्, ‘अहिले हजारौं बेलायती यसरी नै अत्यावश्यक सामाग्रीको जोहोमा लागेका छन् र गुरिल्लाको व्यवहारले उनीहरुको झल्को दिन्थ्यों ।’

कोरोना भाइरसको महामारीपछि बेलायतीहरु सामान जोहो गर्नेमा निकै अगाडि छन्, त्यसैले त सुपरमार्केटमा अत्यावश्यक सामाग्रीको अभाव हुने गरेको छ । ५८ वर्षीया मिरियम लकडाउन हुनुअघिको अन्तिम दिन चिढियाखाना भ्रमणमा गएकी थिइन् । उनले सामाजिक सञ्जालमा शेयर गरेको तस्विर केरा नामक १५ वर्षीय गोरिल्लाको हो । 

मेट्रोसँग उनले भनेकी छिन्, ‘केराले यति धेरै तरकारी जम्मा गरेको देख्दा मलाई सामाजिक सञ्जालमा देखेका ती तस्विरको झल्को आयो, जहाँ मानिसहरु सामान किन्नका लागि आतुर देखिएका छन् । त्यसैले मैले फोटो लिएँ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप