बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा तालिवानको आक्रमण, १९ सुरक्षाकर्मीको मृत्यु

सोमबार, १७ चैत २०७६, १४ : २५
सोमबार, १७ चैत २०७६

एजेन्सी । अफगानिस्तानको दुई ओटा प्रान्तमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी १८ जना सुरक्षा अधिकारीका सदस्यहरु मारिएका छन् । आइतबार राती भएको उक्त आक्रमणमा परी अन्य एक सर्वसाधारण पनि मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको र  यसबाट ४ जनाको मृत्युको हुनुको साथै १२० व्यक्तिमा सङ्क्रमण देखिएको छ । 

विश्वभरी कोरोना भाइरसको सङ्क्रमणको महामारी चलिरहेको यस अवस्थामा अमेरिका र अफगानिस्तानबीच चलिरेहको शान्ति वार्ता पनि रोकिएको अवस्थामा नै रहेको छ । तर यस परिस्थितिमा पनि तालिबान आतङ्ककारी समूहको आक्रमण भने रोकिएको छैन् । अफगानिस्तानमा हाल पनि सुरक्षाबललाई लक्ष्यगरी हुने आक्रमण बारम्बार भइरहेको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप