बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रक्तदानका लागि भक्तपुर रेडक्रसको आह्वान

सोमबार, १७ चैत २०७६, १३ : ३५
सोमबार, १७ चैत २०७६

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा भक्तपुरले रक्तदानको लागि आग्रह गरेको छ ।‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारा चलाइरहेको भक्तपुरले अहिले रगतको व्यवस्थापनमा असहजता भएपछि स्वयंसेवी रक्तदाताको सहयोगमा रगत संकलन गरिरहेको छ । 

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि भएकोे लकडाउनका समयमा पनि एकसय जनाभन्दा बढी रगत लिन भक्तपुर रक्तसञ्चार केन्द्र आएका शाखाका सभापति मनोजकुमार थापाले बताए । जिल्ला शाखाले रक्तदान कार्यक्रममा हिँडने प्राविधिक र एम्बुलेन्स चालकलाई पिपिई सेट, माक्स र पञ्जा उपलब्ध गराएको र रक्तदाताहरुलाई तोकिएको दुरीमा राखेर एक पटकमा तीन जना सम्मको मात्रै रगत लिने गरेको शाखाले जनाएको छ ।

शाखाले रक्तदानमा खटिने प्राविधिक र रेडक्रस स्वयंसेवकमार्फत तत्कालै विदेशबाट फर्किएका व्यक्तिहरु भेट भएमा स्वास्थ्य संस्थाको सम्पर्कमा जानवा सुरक्षित बस्नका लागि समेत आग्रह गरेको छ । त्यसैबीच रेडक्रस सुडाल उपशाखाले तीन दिन लगातार र रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लक डाउनका समयमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रमको आयोजना गरीएको सभापति विदुर नेपालले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप