केन्द्रीय संस्करण

कोरोना राहत कोषमा कलाकार संघको सहयोग

person explore access_timeचैत १७, २०७६ chat_bubble_outline0

काठमाडौं । चलचित्र कलाकार संघ नेपालले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख एक हजार रुपैया सहयोग गर्ने भएको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले एक विज्ञप्ति मार्फत उक्त सहयोग रकमको जानकारी दिएका हुन् । 

‘कोरोनाको त्रासले सम्पूर्ण मानव जातीमा आतंक फैलिएको छ । यसबाट आफु बाच्न र अरुलाई पनि बचाउन निर्धारित सुरक्षाका उपाया अवलम्बन गर्नुको विकल्प छैन’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘सुरक्षाका लागि क्वारेन्टाइनमा बस्ने, सेनेटाईजर प्रयोग गर्ने, साबुन पानीले हात धुने लगाएको सुरक्षा अपनाउनुपर्छ ।’

संघले कोरोना शंका लागेको ब्यक्तिको बारेमा तोकिएको निकाएमा सुचना दिन समेत आग्रह गरिएको बिज्ञप्तीमा कोरोनाबाट सर्वसाधारणलाई सुक्षित राख्न दिनरात नभनी क्रियासिल डाक्टर, नर्स, सुरक्षाकर्मी प्रति समेत आभार व्यक्त गरिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.