एयर अरेबियाको फ्लाइटमा आएका युवक बिरामी,स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो
सोमबार, १७ चैत २०७६, १२ : ४६
स्याङ्जा । फेदीखोला क्वारेन्टाइनमा बसेका एक जना बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । गत चैत ६ गते दुबई शारजहा हुँदै काठमाडौं आएका फेदीखोला गाउँपालिकाका–४० वर्षीय पुरुषको स्वाब परीक्षणका लागि सोमबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौं पठाइएको हो ।
एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ उनी चैत ६ गते काठमाडौं आएका थिए । उक्त विमानमा १ सय ७० जना यात्रु थिए । उनी ३ दिन अघिदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् । उनलाई रुघाखोकी, ज्वरोको लक्षण देखिएपछि स्वाब परीक्षणका लागि काठमाडौैं पठाएको फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताए । उनीसँग आएका अर्का एक जनालाई पनि गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति