शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीले सर्वसाधारणलाई काँधमा सिलिण्डर बोकाएर बसाएको घटनामा छानबिन सुरु

सोमबार, १७ चैत २०७६, १२ : ४४
सोमबार, १७ चैत २०७६

काठमाडौँ । ड्युटीमा बसेकी महिला प्रहरीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ । सामाजिक सञ्जालनमा महिला प्रहरीको त्यो व्यवहारको चर्को आलोचना भएपछि छानबिन सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सर्वसाधारणको चुल्होसँग जोडिएका समस्यामा ड्युटीमा खटिएका प्रहरी कर्मचारी असहिष्णु बनेको भन्दै यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरलसँगै ती प्रहरी कर्मचारीको चर्को आलोचना पनि भएको छ 

सडकमा अमानवीय तवरले कारबाही गर्ने ती प्रहरीले ‘कोभिड–१९’को स्लोगन लेखिएको प्लेकार्ड समेत बोकेकी छिन् । तर, उनको पहिचान र ठाउँ खुल्न सकेको छैन् ।

घटना कुन ठाउँको हो भन्ने खुलिनसकेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । उनले भने, ‘हामी अहिले कुन ठाउँको घटना हो भनेर लोकेट गरिरहेका छौँ ।’

प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल फेसबुकमा– ‘सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौं,’ भन्दै पोष्ट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप