बिपद्मामा परेकालाई निःशुल्क खाना र बासको ब्यवस्था
ओखलढंगा । ओखलढंगा सिद्धिचरण नगरपालिका ११ का मोहन केसीले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने नागरिक तथा जिल्ला अलपत्र परेका पर्यटकलाई निःशुल्क खाना र बासको ब्यवस्था गर्ने घोषणा गरेका छन् ।
समाजसेवी केसीले डेरामा बसेर दैनिक ज्यालादारी गरी गुजारा चलाउने नागरिकलाई लकडाउनको अवधीभर दैनिक खानको ब्यवस्थापन गर्ने र बाहिरबाट आएर अलपत्र परेका पर्यटक तथा नागरिकहरुलाई बास सहितको खानाको ब्यवस्था गर्ने घोषणा गरेका हुन् । उनले अप्ठेरोमा परेका व्यक्तिहरुलाई आफुलाई सम्पर्क राख्न अनुरोध गरेका छन् ।
‘बिपद्मा हामीसँग जे छ त्यो बाढेर खानुपर्छ भन्ने हेतुले त्यस्ता नागरिकलाई सहयोग गर्ने निणर्य गरे’उनले भने,‘अझ मानवताको नाताले पनि यस्तो अवस्थामा सहयोग गर्नु अति आश्वय छ भन्ने लाग्यो र मैले यस्तो आव्हान गरेको हु ।’
यसअघि केसीले सुचना नै जारी गरेर बिपद्को समयमा अर्थात संक्रमणको समयमा आफुसँग रहेको सवारीसाधन निशुल्क एम्बुलेन्सको रुपमा सञ्चालन गर्ने घोषणा गरेका थिए ।
उनले मे १ ज १६७८ नम्बरको जीप आपतकालीन अवस्थामा बिरामी,असाहय,असक्त,सुत्केरी महिला लगायत कुनै पनि ब्यक्तीलाई तत्काल अस्पताल सम्म पुर्याउनु परे जिल्ला बिपद् व्यवस्थापन समिती तथा स्थानिय प्रशासन सँगको समन्वयमा सञ्चालन गर्ने घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता