शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अछाम जिल्लामा के छ भारतबाट फर्कनेको अवस्था ?

सोमबार, १७ चैत २०७६, १२ : ३८
सोमबार, १७ चैत २०७६

अछाम । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी  अछाम जिल्लामा भारतबाट आएकाहरुको विबरण संकलन थालिएको छ । कोरोना भाईरसले माहामारीको रुप लिन थालेपछि अछामको वान्नीगढी गाउँपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गरी भारतवाट आएका हरुको विवरण संकलन गर्न थालेको हो ।  

महामारीपछि भारतबाट वान्नीगढी वडा नं १ मा ८ जना, २ मा १९ जना आएका छन् भने ३ मा सय जना रहेको गाउँपालिकाका अध्यक्षय राजेन्द्र खडकाले जानकारी दिए ।
 त्यसैगरी ४ मा १८, ५ मा ८४ र ६ मा ७० जना रहेको उनले जनाए । 

भारतबाट फर्केकामध्ये वडा नं ४ मा १ जनालाई रुघाखोकी छ भने २ मा पनि एक जना रहेकाले दुवैलाईस्थानीय क्वारेन्टाईनमा राखिएको र अवस्था सामान्य रहेको छ । अन्य जिल्लाको तुलनामा कोरोना भाईरसको जोखिम जिल्लाको वान्नीगढीमाबढि रहेको खड्काको भनाई छ । 

जोखिम भएकै कारण विदेशबाट आएकालाई दुई साता अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको भन्दै अध्यक्ष खड्काले जनचेतनाका  कार्यक्रमहरुलाई निरन्तरता दिइरहेको रातोपाटीलाई जानकारी दिए ।

गम्भीर प्रकृतिका विरामी राख्न सरस्वती माध्यममिक विद्यालयमा १५ वेडको क्वारेन्टाईन निर्माण पनि गरेको भन्दै उनले एम्वुलेन्स समेत तयारी अवस्थामा राखेको गाउपालिकाले जनाएको छ ।

उता, चौरपाटी गाउपालिका अस्पतालका स्वास्थ्य सेवा व्यवस्थापक हिम विश्वकर्माले अछाम जिल्ला कोरोना संक्रमणको हिसावले जोखिमयुक्त रहेको भन्दै भारतबाट आएकाहरु क्वारेन्टाईनमा वस्नुको साटो परिवारहरुसँग नै उठवस गर्ने गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आवाश्यक रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप