शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग फुटबलदेखि क्याफे संस्कृति : जसले स्पेनमा कोरोनाभाइरस फैलायो

सोमबार, १७ चैत २०७६, १२ : २३
सोमबार, १७ चैत २०७६

स्पेन । विश्वमै महामारीको रुप धारण गरेको कोरोनाभाइरस संक्रमणबाट युरोपका दुई मुलुक इटली र स्पेन सर्वाधिक प्रभावित भएका छन् । दक्षिणी युरोपमा यो भाइरसले एकाएक कसरी आफ्नो प्रभाव जमायो ? विज्ञहरु विभिन्न तथ्यहरुको विश्लेषण गरिरहेका छन् । गर्मी मौसम, च्याम्पियन्स लिग फुटबल तथा अन्य केही प्रमुख कार्यक्रम र क्याफे संस्कृतिले यो भाइरसलाई एक मुलुकबाट अर्को मुलुक र एउटा सहरबाट अर्को सहरमा फैलाउन मद्दत गरेको तथ्यहरु प्रकाशमा आएका छन् ।

कोरोनाभाइरसको लक्षण प्रकट हुन कयौँ दिन लाग्न सक्ने तथ्यलाई कतिपयले नजरअन्दाज गरेको पाइन्छ । सरकारले पनि सुरुवातमै यसको संक्रमण भित्रिन तथा फैलिन नदिनका लागि सावधानी नअपनाएका तथ्यहरु प्रकाशमा आएका छन् ।

स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट पाँच हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार देशमा ५४ हजारभन्दा बढी संक्रमित छन् ।

स्पेनमा कसरी पुग्यो संक्रमण ?

१९ फेब्रुअरीमा करिब तीन हजार भ्यालेन्सिया फुटबल प्रशंसक युरोपेली च्याम्पियन्स लिग लिग फुटबलमा अटलान्टाविरुद्ध आफ्नो टिमको खेल हेर्नका लागि स्पेनबाट इटलीको मिलान सहरसम्मको यात्रा गरेका थिए ।

उक्त प्रतियोगिता हेर्नका लागि ४० हजार इटालिनय पनि रंगशालामा उपस्थित थिए । तीमध्ये कयौँ बर्गमो र आसपासका क्षेत्रबाट आएका थिए ।

बर्गमोका मेयर जर्जियो गोरीका अनुसार त्यो साँझ मिलान सहर रंगीन थियो । ‘रंगशालामा गएर फुटबल हेर्नेहरुका अतिरिक्त घरमा परिवारसँगै बसेर हेर्ने, समूहगत रुपमा बारमा बसेर हेर्नेको संख्या पनि उल्लेख्य थियो,’ उनले भने, ‘त्यो साँझ भाइरस प्रसारका लागि एउटा ठूलो अवसर बनेको थियो भन्ने प्रष्ट छ ।’

इम्युनोलोजिस्ट फ्रान्सेस्को लो फोचे पनि एटलान्टा र भ्यालेन्सियाबीचको फुटबल खेल कोरोनाभाइरस संक्रमण प्रसारका लागि बनेका कयौं उत्प्रेरकमध्ये एक हुन सक्ने बताउँछन् । कोरोनाको संक्रमणको त्रासदी बढ्दै गएको समयमा भीडभाडबाट जोगिनुपर्ने अवस्थाको विपरीत फुटबल प्रतियोगिता गराउनु र हेर्न जम्मा हुनु पागलपन भएको उनको भनाइ छ ।

दुई दिनपछि नै बर्गमोबाट करिब ६० किलोमिटरको दूरीमा रहेको कोडोग्नोमा ३८ वर्षीय एक व्यक्तिमा कोरोना संक्रमण देखा परेको थियो । त्यसअघि नै संक्रमणले जरो गाडिसकेको अवस्थामा मानिसहरु सामूहिक रुपमा भेला हुने कार्यक्रममा सहभागी भएर त्यसको प्रसारलाई तीव्र तुल्याइदिएको अनुसन्धानकर्ताहरुको ठहर छ । पहिलो संक्रमण पुष्टि हुनु अघि नै लोम्बार्डीका अधिकांश नगर क्षेत्रमा संक्रमण फैलिसकेको उनीहरुको भनाइ छ ।

करिब ६ हजार संक्रमित पुष्टि भइसकेको अवस्थामा अनुसन्धानकर्ताहरु लोम्बार्डी क्षेत्रमा १९ फेब्रुअरी अघि नै ३ सय ८८ संक्रमित रहेको निष्कर्षमा पुगे । जबकि उनीहरुको पहिचान भएको थिएन ।

फुटबल प्रतियोगिता हेरेर भ्यालेन्सियाबासीहरु घर फर्किए, तीमध्ये एक खेल पत्रकार किके मटेउ पनि थिए । सीएनएनलाई उनले बताएअनुसार घर फर्किएको चार दिनपछि उनलाई खोकी लाग्न थाल्यो र श्वास फेर्न गाह्रो भयो । केही दिनपछि लोम्बार्डीमा कोरानाभाइरसको संक्रमण विस्फोटक अवस्थामा पुगेको र आफू अस्पताल गएको उनले बताए ।

२७ फेब्रुअरीमा भ्यालेन्सिया क्षेत्रमा कोरोना संक्रमणका ६ मामिला पुष्टि भयो । तीन दिनपछि भ्यालेन्सियाबाट फर्किएका एक पोर्चुगिजमा कोरोना संक्रमण ‘पोजेटिभ’ पाइयो । खेल पत्रकार मटेउले पनि यसबीचमा अन्य चारजनालाई संक्रमित तुल्याइसकेका थिए ।

यतिमात्र नभई भ्यालेन्सिया फुटबल क्लवले आफ्ना एक तिहाइभन्दा बढी खेलाडी र कोचिङ स्टाफमा संक्रमण पाइएको पुष्टि गरेको थियो ।

मार्चको पहिलो साता स्पेनको स्वास्थ्य मन्त्रालयले खेलका ठूला कार्यक्रमहरु बन्द रंगशालामा गर्न निर्देशन दियो । भ्यालेन्सिया र एटलान्टाबीचको दोसं्रो लेग पनि यसमा सामेल थियो । यद्यपि स्पेनमा अन्य सावधानीहरु अपनाइएको थिएन र सामाजिक जीवन सामान्य अवस्थामै अघि बढिरहेको थियो । बार, क्याफे खुला नै थिए ।

८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्पेनका सडकमा हजारौँको सहभागितामा -याली निकालियो । मड्रिडमा मात्र एक लाख २० हजार मानिस भेला भएको बताइन्छ । सो कार्यक्रममा सहभागी भएका दुई महिला मन्त्रीलाई केही दिनपछि कोरोनाबाट संक्रमित पाइयो । यद्यपि उनीहरु कसरी संक्रमित भए भन्ने प्रष्ट हुन सकेन ।

विपक्षी दलले सरकारको लापरवाहीप्रति कडा विरोध जनायो ।

अर्को साताबाट स्पेनले बल्ल कोरोना संक्रमण रोकथामका लागि कदम बढायो । मड्रिडमा मार्च ११ देखि स्कुल तथा क्याम्पस बन्द गरियो । तर त्यसले संक्रमण रोकथाम गर्न सकेन । किनकि हजारौं विद्यार्थीले अप्रत्याशित बिदाको आनन्द लिन थाले । कोही कडा प्रतिबन्ध लाग्न सक्ने भन्दै राजधानी छाडेर बाहिरिए । सडकमा जताततै भीड थियो ।

मार्च १३ मा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राष्ट्रिय संकट घोषणा गरे । तर यसबारे अर्को दिन बसेको मन्त्रिपरिषद बैठकले मात्र प्रष्ट पा¥यो । अर्थात्, स्पेन ‘लकडाउन’ मा गयो । सार्वजनिक स्थलहरु बन्द गरिए । जबकि एक साता अघिसम्म पनि स्पेनले कोरोना संक्रमण फैलिन नदिन यस्ता प्रतिबन्धात्मक उपाय अपनाउन जरुरी ठानेको थिएन ।

प्रधानमन्त्री सान्चेजले नै स्वीकार गर्दै भने, ‘अहिले हरेक उपाय अपर्याप्त लागिरहेको छ तर एक साता अघि यी कुरा अतिरञ्जितजस्तै लाग्थे ।’

उनले संसदमा भने, ‘एउटा लोकतान्त्रिक सरकारले स्वतन्त्रतालाई त्यतिबेलामात्र सीमित गर्न सक्छ, जब त्यो अति आवश्यक हुन्छ ।’

यतिबेला स्पेन लकडाउनमै छ । अर्थव्यवस्था धरासायी भएको छ । स्वास्थ्य क्षेत्र तहसनहस छ । हजारौं स्वास्थ्य कार्यकर्तासमेत कोरोनाबाट संक्रमित भएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसमा ¥याली आयोजना गर्न अनुमति दिएको भन्दै स्पेन सरकारविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । खेल पत्रकार किके मटेउ हाल संक्रमणमुक्त भइसकेका छन् । तर उनीजस्ता कयौं मानिस सरकारको लापरवाहीप्रति रुष्ट छन्, जतिबेला मानिसलाई रोक्नु पर्थ्यो, भीड जम्मा हुन दिन हुँदैनथ्यो, त्यतिबेला सरकार गैरजिम्मेवार हुँदै मानिसलाई भेला हुन प्रोत्साहन गरिरह्यो भनेर ।

सीएनएन    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप