बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अनौठो गन्ध आएपछि सेनाको स्काइ ट्रक बीच बाटोबाटै फर्कियो

सोमबार, १७ चैत २०७६, ११ : ०२
सोमबार, १७ चैत २०७६

काठमाडौं । आइतबार बिहान चीनबाट आएको स्वास्थ्य सामग्री र उपकरण बोकेर प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक एकाएक बीच बाटोबाटै फर्र्किएको छ ।
सोमबार बिहान ९ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो विमानभित्र अनौठो गन्ध आएपछि १० मिनेटमै फर्किएर १० बजे त्रिभुवन विमानस्थल अवतरण भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका एसपी दानबहादुर मल्लले सेनाको स्काइ ट्रक बीचबाटोबाटै फर्किएको पुष्टि गरे । 

अब विमान एकपटक चेकजाँच गरेर पुनः उड्ने बताइएको छ ।

चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई आइतबार नै हस्तान्तरण गरेको  थियो । 

नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी थिइन् । 

चिनिया दुतावास एवंम् सिन्चुवान प्रान्तले पुनप्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाईन्टी फाईब मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले  एन नाईन्टी फाईब मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाईना सि ए एम सि इन्जिनियरिङ्ग कम्पनि लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । सिन्चुवान हुसी गु्रपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङ्गसि सिमेन्ट कम्पनिले १ हजार थान व्यक्तिगत सुरक्षा सामाग्री र  पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।

सो सामाग्री विमानस्थलमै प्याकिङ गरेर आजै प्रदेशहरुमा पुर्याइँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप