केन्द्रीय संस्करण

घरभाडाको ५० हजार छुटदिने घरधनी भारतीको घोषणा

person explore access_timeचैत १७, २०७६ chat_bubble_outline0

रौतहट : बाराको निजगढस्थित एकजना घरधनीले घरभाडा बापतको ५० हजार रुपैयाँ छुट दिने घोषणा गरेका छन् ।

लकडाउनको समय थपिएपछि बाराको निजगढमा रहेको समता एजुकेशन फाउन्डेसन ट्रस्टद्धारा सञ्चालित समता निकेतन निजगढको घर बाहाल भाडा नलिने स्थानीय समाजसेवि तथा घरधनी मनोज भारतीले एक महिना बराबरको रकम ५० हजार छुट गर्ने निर्णय गरेका हुन् । 

भारतीले यो महामारीबाट स्कूल सञ्लालन गर्न नपाएको हुँदा सो रकम छुट गर्ने घोषणा गरेको बताए ।

लामो समयदेखि वैदेशिक रोजगारीमा रहेर फर्किएका भारती पछिल्लो समय काठमाडौंमा फिटवेएर गारमेन्ट सन्चालन गर्दै  सयौंलाई रोजगारी प्रदान गरिरहेका छन् ।

उनी गतबर्ष नेपाल सरकारको राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित भएका थिए ।  
 
निजगढ क्षेत्रमा घरभाडा छुट दिने भारती पहिलो ब्यक्ति हुन् । 

कोभिड–१९ अर्थात कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले थप सातदिन लकडाउन गर्ने भएको छ। ।

बिश्वब्यापी महामारी कोराना भाइरसबाट जोगिन सरकारले दोस्रो पटक गरेको लकडाउनको घोषणाको कारण देशको सबै क्षेत्र प्रभावित बनेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.