शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा एक हप्ताभित्रै संक्रमतिको संख्या चौगुणाले बढ्यो

सोमबार, १७ चैत २०७६, १० : २२
सोमबार, १७ चैत २०७६

अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक हप्तामा ह्वात्तै बढेको छ । यहाँ संक्रमितको संख्या चीन र इटलीमा भन्दा पनि बढी छ ।

डाटालाई केलाउने हो भने पछिल्लो सात दिनमा यहाँ संक्रमितको संख्या चौगुणाले बढेको छ ।

गत मार्च २३ तारिख बिहानको डाटा अनुसार अमेरिकामा संक्रमितको संख्या ३४ हजार थियो । त्यतिबेला ४ सय १४ जनाको मृत्यु भएको बताइएको थियो ।

त्यसको एक हप्तापछि १ लाख ३९ हजार व्यक्तिमा संक्रमणको पुष्टि भइसकेको सीएनएनको डाटाले बताएको छ । यो एक हप्तामा चार गुणाको वृद्धि हो ।

ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्सका एक सदस्य डा. एन्थोनी फसीले संक्रमितको संख्या १० लाखसम्म पुग्ने अनुमान गरेका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार पत्रकार सम्मेलनमा मृतकको संख्या १ लाख वा सोभन्दा कम राख्न सकियो भने हामीले निकै राम्रो काम ग–यौं भनेर बुझ्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप