शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित जापानी हास्य अभिनेता केनको निधन

सोमबार, १७ चैत २०७६, ०९ : ५५
सोमबार, १७ चैत २०७६

टोकियो । कोरोनाभाइरसको संक्रमणबाट जापानका प्रख्यात हास्य अभिनेता केन शिमुराको निधन भएको छ ।

७० वर्षीय केनको आइतबार साँझ निधन भएको जनाइएको छ । उनी जापानकै चर्चित हास्य अभिनेताका रुपमा चिनिन्थे । १९७० को दशकमा उनले अभिनय यात्रा थालेका थिए ।

२० मार्चमा उनलाई ज्वरो तथा निमोनियाको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । कोरोनाभाइरस परीक्षणको नतिजा ‘पोजेटिभ’ आएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिदैँ आएको थियो ।

जापानमा कोरोनाभाइरसबाट मृत्यु हुने उनी पहिलो सेलिब्रेटी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप