बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका त्रासका बीच पनि बेलारुसमा मस्त चल्दैछ फुटबल

सोमबार, १७ चैत २०७६, ०९ : ५४
सोमबार, १७ चैत २०७६

कोरोना भाइरसका कारण युरोपका अधिकांश देशमा फुटबल गतिविधि ठप्प छन् । कोरोनाकै कारण युरोपक एकबर्ष पर धकेलिएको छ ।

 प्रिमियर लिग लगायत अन्य शीर्ष डिभिजन लिग स्थगित भएका छन् । तर, युरोपकै एउटा देश बेलारुस अहिले पनि फुटबलमा मस्त छ । 

कोरोनाको संक्रमण भएपनि बेलारुसमा शीर्ष डिभिजनको लिग फुटबल चलिरहेको छ । यसअघि बेलारुसको लिग फुटबलको अन्तर्राष्ट्रिय स्तरमा त्यति चर्चा हुँदैन थियो ।

 त्यसैल त अहिले कोरोनाको संक्रमणबीच चलिरहेको लिगले सबैको ध्यान तानेको हो । बेलारुसको राजधानीमा शनिबार र आइतबार समेत लिगका खेल भए ।

 लिग हेर्न तीन हजारभन्दा बढी दर्शक रंगशाला पुगेका थिए । बेलारुसमा कोरोना भाइरस संक्रमितको संख्या करिव एक सय पुगेको छ । कसैले ज्यान भने गुमाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप