शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुन आयात अब दैनिक १० किलो मात्रै, ६० लाख बढी मूल्य पर्ने सवारीसाधन आयातमा रोक

सोमबार, १७ चैत २०७६, ०९ : ३३
सोमबार, १७ चैत २०७६

काठमाडौं । सुनको आयात अब दैनिक १० किलोमात्रै गर्न पाइने भएको छ । यसअघि सुनको आयात दैनिक २० किलो हुने गरेको थियो । 

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुनको आयात अब १० किलो मात्रै गर्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । 

यस्तै सरकारले ६० लाखभन्दा बढी मूल्य पर्ने सवारीसाधनको आयातमा पनि रोक लगाउने निर्णय गरेको छ । 

५० हजार डलर (हालको विनिमय दर अनुसार ६० लाख रुपैयाँ) भन्दा माथिका सवारीसाधन आयात गर्न नपाइने निर्णय गरिएको खतिवडाले बताए । 

यस्तै मरिच, सुपारी, केराउजस्ता वस्तुहरू आयात गर्न नपाइने पनि सरकारले निर्णय गरेको छ । 

यसैगरी विदेशमा रहेका नेपाली विद्यार्थीहरूलाई खर्चको अभाब नहोस् भनेर न्यूनतम रकम सटहीको सुविधा दिइने पनि सरकारले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप