बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका शिखा मल्होत्राले सुरु गरिन् नर्सको ‘ड्युटी’: मुम्बईको अस्पतालमा गरिरहेकी छिन् बिरामीको उपचार

सोमबार, १७ चैत २०७६, ०८ : १७
सोमबार, १७ चैत २०७६

भारतमा कोरोनाभाइरससँग लड्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनको लकडाउनको घोषणा गरेका छन् । समाजका विभिन्न वर्गसँग जोडिएका मानिसहरु पनि कोरोनाभाइरससँग लड्न अघि बढेका छन् । कतिले गरिबलाई खाना बाँडिरहेका छन् भने कतिले आर्थिक सहयोग गरिरहेका छन् । यस्तै बलिउड नायिका शिखा मल्होत्रा पनि बिरामीहरुको सहयोगका लागि अघि सरेकी छिन् ।

शिखाले आफू बलिउडमा आउनुअघि नर्सको तालिम लिइसकेको बताएकी छिन् ।

जागेश्वरीको एक अस्पतालमा काम गरिरहेकी छिन् शिखाः

शिखाले वर्धमान महावीर मेडिकल कलेज र नयाँ दिल्लीस्थित सफदरगञ्ज अस्पतालबाट सन् २०१४ मा नर्सिङ पढेकी थिइन् । तर अभिनयका कारण उनले आफ्नो नर्सिङको पढाई पूरा गर्न सकेकी थिइनन् । यस्तोमा उनले देशको स्थिती हेर्दै कोरोना संक्रमितको हेरविचार गर्ने निर्णय गरेकी छिन् । उनी यतिबेला मुम्बईको जागेश्वरी ईस्टस्थित हिन्दु हृदय सम्राट बालासाहब ट्रमा हस्पिटलमा भोलुन्टियर नर्सको रुपमा काम गरिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप