चौथो पटक पनि ‘पोजिटिभ’ आयो कनिकाको परीक्षण, चिन्तित परिवारका सदस्यले भने, ‘हामी प्रार्थना मात्रै गर्न सक्छौं’
बलिउड गायिका कनिका कपुरको कोरोनाभाइरसको परीक्षण चौथो पटक पनि ‘पोजिटिभ’ आएको छ । यसका कारण उनको परिवारका सदस्यको चिन्ता बढेको छ ।
उनको परिवारको एक सदस्यले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हामी परीक्षणको रिपोर्टका कारण चिन्तित छौं । यस्तो लागिरहेको छ कि कनिकाको शरीरले उपचारको विधि स्विकारिरहेको छैन । अर्कोतर्फ हामी उनको थप उपचारका लागि कतै लैजान पनि सक्दैनौं । हामी उनको स्वास्थ्यका लागि प्रार्थना मात्रै गर्न सक्छौं ।’
यद्यपि, यसबारे डाक्टरले प्रतिक्रिया दिँदै ४१ वर्षीया गायिकाको अवस्था अहिले स्थिर भएको जानकारी दिए ।
९ दिनदेखि अस्पतालमा भर्ना छिन् कनिकाः
कनिका पछिल्लो ९ दिनदेखि संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टीच्युट अफ मेडिकल साइन्समा भर्ना छिन् । २० मार्चमा उनलाई कोरोनाभाइरस संक्रमणको पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । अहिलेसम्म उनको चार पटक परीक्षण भइसकेको छ ।
९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् कनिकाः
कनिका ९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् । त्यसपछि उनले लखनउ र कानपुरको यात्रा गरेकी थिइन् । दुई दिन लखनउको होटल ताजमा बसिन् र केही पार्टीमा समावेश भइन् । यसैबीच जब उनलाई रुघा–खोकी ज्वरो आयो, उनी अस्पताल पुगिन् । त्यसपछि उनी संक्रमित भएको जानकारी प्राप्त भयो । लण्डनबाट फर्किएपछि आफूलाई आइसोलेट गर्नुको साटो उनले पार्टी गरेको र मानिसहरुलाई भेटेको भन्दै सोसल मिडिया प्रयोगकर्ताले उनको निकै आलोचनासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
-
इजरायलले प्यालेस्टाइनमा गरेको दमनको विरोधमा चिकित्सकहरुको प्रदर्शन (तस्बिरहरु)