श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले रोजगारी दिने
आइतबार, १६ चैत २०७६, २२ : १४
सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जान नपाएका नागरिकलाई रोजगारी दिने भएको छ ।
वैदेशिक रोजगारीमा जान नपाएका तथा फर्किएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गरिने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन प्रभावितका लागि राहत स्वरुप यस्तो निर्णय गरेको हो ।
उनीहरुलाई संवन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी