शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश नाका राम्दीमा ५ हजार बढीको स्वास्थ्य परीक्षण

आइतबार, १६ चैत २०७६, २२ : १०
आइतबार, १६ चैत २०७६

स्याङ्जा । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको सीमा राम्दीमा गल्याङ नगरपालिकाद्वारा ५ हजार २ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाले पाँच नम्बर प्रदेश हुदै गण्डकी प्रदेश प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गरिएको हो । 

नगरपालिकाले सीमा हेल्थ डेस्क स्थापना गरी दैनिक परिक्षण गरिदै आएको छ ।  १, २, ५ नम्बर प्रदेश सहित भारत लगायत विभिन्न देशका नागरिकहरुको ज्वरो परीक्षण गरिएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डरीले जानकारी दिए । 

परीक्षणका क्रममा ज्वरो देखिएका भारतीय एक नागरिकलाई भारत फिर्ता र इटालीका एक नागरिकलाई पोखरा पठाइको छ । हेल्थ डेस्क गत चैत दुई देखि सञ्चालन भैरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप