कोेरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय टाक्सफोर्स गठन
आइतबार, १६ चैत २०७६, २१ : ५९
काठमाडौ । कोरोेना संक्रमण रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय टाक्सफोर्स गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा टाक्सफोर्स गठन गरेको हो ।
जसलाई सरकारले एक्सन टीम अर्थात कोरोना १९ क्राइसिस म्यानेजमेन्ट पनि भनेको छ । जसले कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी गरेका आदेश, सरकारले चल्नुपर्ने कदम, सरकारी संयन्त्र र क्वारेन्टाइनमा अनिवार्य बसाउनका लागि आवाश्यक कामहरु गर्नेछ ।
यो टोलीमा गृहमन्त्री, स्वास्थ्य मन्त्री, अर्थमन्त्री, उद्योगमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री सदस्यका रुपमा रहनेछन् ।
त्यस्तै सुरक्षा निकायका प्रमुख पनि रहने यो टिमले सरकरी आदेशहरुको कार्यान्वयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा