शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बनायो कोरोना १९ क्राइसिस म्यानेजमेन्ट टिम

आइतबार, १६ चैत २०७६, २१ : ४३
आइतबार, १६ चैत २०७६

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउन कोरोना १९ क्रासिस म्यानेजमेन्ट टिम बनाएको छ । 

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । 

सरकारले गर्नुपर्ने काम, सरकारले बनाएको संयन्त्रले गरेको निर्णय कार्यान्यवका लागि सो टास्क फोर्स बनाएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । 

जसको संयोजकमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, सदस्यहरुमा अर्थमन्त्री, स्वास्थ्यमन्त्री, उद्योगमन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहने छन् । 

यो टिममा सुरक्षा अंगका प्रमुखहरु पनि रहने व्यवस्था गरिएको छ । 

यो टिमले सरकारले जारी गरेका आदेशरु र निर्णय पालना गराउने, शान्ति सुरक्षा कायम गर्ने र संक्रमण रोक्न भूमिका खेल्ने मन्त्री खतिवडाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप