बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल लाइफको दुई नयाँ अनलाइन सेवा, बिमा म्याचुरिटी र बिमा दावी घरमै बसेर गर्न सकिने

आइतबार, १६ चैत २०७६, २१ : २३
आइतबार, १६ चैत २०७६

काठमाडौं– हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा आफुलगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको छ ।

यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले म्याचुुरिटी क्लेम र क्लेम इन्टीमेसन अनलाइन सेवा संचालनमा ल्याएको हो । 

म्याचुरिटी क्लेम सेवामार्फत बिमितहरुले बिमालेख म्याचुरिटीको समयावधी बारे जानकारी लिन सक्नेछन् । यस सेवामा म्याचुरिटीको समय पुगेका बिमितहरुले आफ्नो बिमालेखको म्याचुरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याचुरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी क्लेम इन्टीमेसन सेवा अन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइन मार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउनेछन् ।

तलको लिंकमा गएर सिधै उक्त सेवा लिन सकिनेछ ।

https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

नेपाल लाइफले सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै आफ्नो अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जसअन्तर्गत आफ्ना बिमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । 

अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा भर्चुअल अफिसको रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।

यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आप्mना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख,  शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

म्याचुुरिटी क्लेम र क्लेम इन्टीमेसन सेवाको लागि लिंक

https://webapp.nepallife.com.np/ns/ClaimMgmt/ClaimMain.aspx

म्याचुुरिटी क्लेम र क्लेम इन्टीमेसन सेवा लिने टुटोरियलको लागि लिंक
https://www.youtube.com/watch?v=_qWRkT1o4Hc

विषम परिस्थितिमा सम्पर्क व्यक्तिको लागि लिंक
https://www.facebook.com/Nepallife.Insurance/photos/pb.310317742328576.-2207520000../3362720507088269/?type=3&theater

नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम इसेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ । साथै  यस विषम परिस्थितिमा बिमित, अभिकर्ता, कर्मचारी लगायत सम्पूर्णमा एकजुट भई सकेसम्म घरमै बसी एक अर्कालाई सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप