बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथामका लागि सरकारलाई ध्यानाकर्षण

आइतबार, १६ चैत २०७६, २१ : २५
आइतबार, १६ चैत २०७६

नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशको बैठकले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आवश्यक कदम चाल्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा आज बसेको बैठकले १८ बुँदे सुझावसहित सरकारको ध्यानाकर्षण गराएको काँग्रेस संसदीय दलका सदस्य प्रकाशचन्द्र दवाडीले जानकारी दिए ।

बैठकपछि जारी विज्ञप्तिमा कोरोना  नियन्त्रणका लागि केन्द्रको साथै प्रदेश सरकार पनि गम्भीर, संवेदनशील, दृढ र गतिशील हुन आवश्यक रहेको भनिएको छ । 

नागरिकले कोरोना नियन्त्रणका लागि सजगता र धैर्य अपनाउनु आवश्यक रहेकामा जोड दिँदै यसका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीप्रति राज्य र  नागरिकको पूर्ण साथ र सहयोग जरुरी रहेको काँग्रेसले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप