बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब अपरेशन थिएटर भित्र अपरेशन गर्दागर्दै झगडा गर्न थाले डाक्टर...

बिहीबार, १५ भदौ २०७४, १२ : २६
बिहीबार, १५ भदौ २०७४

बीबीसी

अस्पतालको अपरेशन थिएटर अति संवेदनशील स्थान मानिन्छ । बिरामी, डाक्टर र नर्सबाहेक त्यहाँ कसैलाई पनि प्रवेश दिइँदैन ।

तर यदि यहि स्थानमा दुई डाक्टर झगडा गर्छन् भने तपाईं के भन्नुहुन्छ ? अचम्मित गरिदिने उक्त घटना भारतको हो ।

यी डाक्टर त्यतिबेला झगडा गरे जब अपरेशन थिएटरमा एक महिला प्रसव पीडापछि भर्ना भएकी थिइन् । अपरेशन चलिरहेकै बेला डाक्टर एक आपसमा झगडा गरिरहेका थिए ।

राजस्थानको जोधपुरको उमेद अस्पतालमा उक्त घटना भएको हो । यसबारे त्यतिबेला पर्दाफास भयो जब एक भिडियो सोसल मिडियामा भाइरल भयो ।

अस्पतालले घटनालाई सही बतायोः

भिडियोमा दुई डाक्टर झगडा गरिरहेका थिए र अन्यले उनीहरुलाई शान्त गर्ने कोसिस गरिरहेका थिए । साथै, स्ट्रेचरमा एक महिला देखिएकी छिन् ।

भिडियो भाइरल हुने बित्तिकै अस्पतालले तुरुन्त एक्सन लियो । संवाददाता सम्मेलन बोलाएर दोषी डाक्टरविरुद्ध कारवाहीको विश्वास दिइयो ।

अस्पतालका मेडिकल अध्यक्ष डा. रंजनाले बीबीसीलाई भने, ‘भिडियो उमेद अस्पतालको नै हो र घटना मंगलबारको हो ।’

लडाईंका बेला अपरेशन थिएटरमा जुन महिलाको डेलिभरी भइरहेको थियो, पछि उनको बच्चाको निधन भयो ।

यद्यपी, अस्पतालले यो खबरलाई खारेज गरिरहेको छ । डा. रंजनाले भनिन्, ‘शल्यक्रिया भइरहेको महिलाको बच्चाको मृत्यु भएको खबर झुटो हो  । ती महिलाले छोरीलाई जन्म दिएकी छिन् । आमा र बच्चा दुबै स्वस्थ छन् ।’

तीन सदस्यको अनुसन्धान टोलीले तीन दिनमा आफ्नो रिपोर्ट सुम्पिनेछन् । भिडियो अस्पतालको कुनै कर्मचारीले बनाएका हुन् तर उनी को हुन्, त्यसबारे अहिलेसम्म पत्ता लागेको छैन ।

डा. रञ्जनाले दुबै डाक्टरको पहिचान डा. अशोक ननिवाल र डा. मथुरा लाल टाकको रुपमा गरेकी छिन् ।

उनका अनुसार दुबै डाक्टरलाई अस्पतालबाट अहिलेका लागि कार्यमुक्त गरिएको र आन्तरिक अनुसन्धान सुरु गरिएको  उनले जानकारी दिइन् ।

भिडियो कसले बनायो र कसरी लिक भयो भनी अनुसन्धान गर्न अस्पतालका अन्य कर्मचारीको पनि बयान लिइँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप