केन्द्रीय संस्करण

कोरोनाविरुद्ध अभियानमा प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५/२५ लाख सहयोग

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0

काठमाडौं– प्रतिष्ठित व्यावसायिक घराना भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५/२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५/२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । भाटभटेनी समूहले एक साताअघि संघीय सरकारद्वारा स्थापित कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । 

संघीय सरकारले खडा गरेको कोषमा एक करोड उपलब्ध गराउने घोषणा गरेकै दिन अध्यक्ष गुरुङले आफ्नो समूहको तर्फबाट सहयोग राशी थपिन सक्ने संकेत गरेका थिए ।

त्यस क्रममा उनले भने, ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं, यसपालि पनि त्यसका लागि तयार छौं ।’ सोही प्रतिबद्धता अनुसार यो समूहले थप सहयोग घोषणा गरेको हो । यो सहयोगले प्रदेश सरकारहरुको कोभिड–१९ विरोधी अभियानमा थोरै भए पनि योगदान पुग्ने छ । 

भाटभटेनी समूहले विपत्तिको अवस्थामा सरकार तथा पीडितलाई निरन्तर सहयोग गर्दै आएको छ । विगतमा मुलुक भूकम्प, बाढीपहिरो, आँधीहुरी जस्ता दैवी विपत्तिको चेपटामा परेका बेला पनि यो समूहले उल्लेख्य सहयोग गर्दै आएको छ । 

यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई सम्पूर्ण खर्च बेहोर्ने गरी मेडिकल साइन्स अध्ययनको अवसर दिलाउनुका र अस्पतालहरुमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.