औषधि पसलबाहेक सबै बन्द गर्ने रौतहट प्रशासनको निर्णय
रौतहट । लकडाउनलाई थप कडाई गर्न औषधि पसलबाहेक सबै पसल बन्द गर्ने स्थानीय प्रशासन रौतहटले निर्णय गरेको छ । खाद्यान्न, तरकारी, ग्यास खरिदको नाउमा जिल्लामा मानिसको आवागमन बढेको निष्कर्षहसित आइतबार बसेको सुरक्षा सतिमतिको बैठकले शान्ति सुरक्षा ऐन २०२८ लाई टेकेर निर्णय गरिएको जिल्ला प्रमुख अधिकारी (सिडिओ) बाशुदेव घिमिरेले बताए ।
लकडाउनको छेठाँै दिन उक्त निर्णयको जिल्ला सदरमुकाम गौरमा पूर्णपालना भएको छ । आइतवार बिहानै देखि औषधी पसलबाहेक सबै पसल बन्द रहेका छन् । गौरको जस्तै जिल्लाका १८ वटै स्थानीय तहमा औषधि पसल बाहेक सबै पसल बन्द गर्न प्रहरीलाई निर्देशन दिसकेको सिडिओ घिमिरेले जनाए ।
सदरमुकाम गौरसँगै, गरुडा, चन्द्रपुरमा औषधि पसल बाहेक अन्य सबै पसल, होटेल लगायत ब्यापारिक प्रतिष्ठान बिहानैदेखि बन्द रहेका छन् । कटहरिया बजारका केही ब्यापारीले किराना फलफूल पसल खोलेपछी बजारमा मानिसको आवागमन बढेको थियो ।
ईलाका प्रहरी कार्यालय कटहरिया र सशस्त्र बेस क्यामप दुुधियाभारबाट गएको संयुुक्त गस्ती टोलीले बजार बन्द गराइ खरिद गर्न आएकाहरुलाई लखेटेको थियो ।
नेपालप्रहरी, सशस्त्र प्रहरी, अस्पताल बाहेक सबै सरकारी सेवा बन्द छन् । जिल्लाको मुख्य बाटो देखि सहायक मार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्तीका गाडी तदारुक्ताका साथ दौडिरहेको देखिएका छन् ।
भारतको मुख्य नाका र साना नाकाहरुमा पनि प्रहरी परिचालन गरिएको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर
-
प्रभु साह नेतृत्वको आजपा र समाजवादी जनएकता पाटीबिच एकता हुने
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू