शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले भन्यो : विश्व बजारमै सामान अभाव भएकाले केही महँगो पर्‍यो

आइतबार, १६ चैत २०७६, १८ : ५९
आइतबार, १६ चैत २०७६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) कोरोना नियन्त्रणका लागि खरिद गरिएको स्वास्थ्य उपकरण  अनियमितता नभएको दाबी गरेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उपकरण खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका हुन् । 

महानिर्देशक श्रेष्ठले टेण्डर खोलेर सामान खरिदको प्रयास गरेपनि कसैले टेण्डर नहालेपछि अन्तिममा सहमतिका आधारमा सामान खरिद गरिएको पनि बताए ।

महानिर्देशक श्रेष्ठले उपकरण खरिदमा केही महंगो परेको स्वीकारे पनि कुनै अनियमतिता नभएको दोहोर्याए । उनले भने , ‘ विश्व बजारमै सामान छैन। औषधि त औषधि हो। जसरी पनि चाहिन्छ। त्यसैले केही महंगो भएको हुनसक्छ । समय प्रभावका कारण यस्तो हुन गएको हो ।’ 

अलिबाबालगायतकाले सहयोग गरेको सामानको मूल्यभन्दा नेपालले खरिद गरेको सामग्री मूल्य निक्कै उच्च देखिएको छ । उनीहरुकोको मूल्यसूची पनि पहिलाको भन्दा बढी भएको तर्क मन्त्रालयको तर्क छ । 

महानिर्देशक श्रेष्ठ भने,  ‘अहिले महंगो भयो, भ्रष्टाचार हुन लाग्यो भनिएको छ  । सरकारले किनेको र चीनका संघसस्थाले दिएको मूल्य तुलना केही फरक छैन । अहिले उनीहरुले खरिद गरिएको सामग्रीको मुल्य पनि बढी छ ।’  

श्रेष्ठले थपे, ‘सिचुवान प्रान्तले दिएको सामानको बीमा पीपीईको मूल्य १३० आरएमबी भनिएको छ । यो भनेको करिव २ हजार रुपैयाँ पर्छ । हामीले १९१९ रुपैयाँमा सम्झौता गरेको गरेका छौं ।’

संसारभर स्वास्थ्य सामग्रीको अभाव रहेको भन्दै उनले यस्तो बेला सामान्य अवस्थाको मूल्यमा नपाइने उनले बताए । उनले स्वास्थ्य सेवा विभागले खरिद गरेको र खरिद गर्ने सम्पूर्ण सामाग्रीहरुको विवरण वेबसाइटमा राखिने पनि बताए । 

उनका अनुसार पहिलो लटमा खरिद गरिएका सामान र चीन सरकार तथा अन्य दाताबाट सहयोग प्राप्त सामान आइपुगेको छ । नेपाल सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री आइतबार विहान नेपाल एयरलाइन्सको विमान काठमाडौं ल्याएको थियो ।

जसमा एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरण ल्याएको थियो । प्रदेश १ मा कोरोना परीक्षणका लागि सुनसरीको धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा दिइएको छ । 

यस्तै प्रदेश २को जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशके सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा पनि कोरोना परीक्षणका लागि प्रयोगशाला तयार भइरहेको उनले बताए ।  

कोभिड १९ का लागि काठमाडौं उपत्यकामा ९ अस्पताल तोकेको छ। जममा नर्भिक, स्टार वयोद्या, अल्का, ह्याम्स र बी एन्ड बी,न्यूरो, अल्का, सुमेरु हब अस्पताल रहेका छ । 

यस्तै मन्त्रालयले ज्वरोका बिरामी फर्काउने अस्पतालका लागि कडा कदम चाल्ने चेतावनी दिएको छ । आकस्मिक सेवा लिन आएका बिरामीलाई नर्फकाउन र स्वास्थ्य सेवा प्रदान गर्न सबैलाई अपिल गर्दै उनले मन्त्रालयलाई कडा र थप कदम चाल्न बाध्य नबनाउन आग्रह गरे ।

उनले बुटवलमा क्वारेन्टाइनमा बसेकाको मृत्यु भएको सम्बन्धमा नमुना परीक्षणकै क्रममा रहेको बताए । स्वास्थ्य मन्त्रालयले खरिद गरेका र चिनिया दूतावास, सिचुवान प्रान्त,अलिबाबा लगायतबाट अनुदानमा आएका व्यक्तिगत सुरक्षा सामाग्री र प्रयोगशालामा नमुना परीक्षणका लागि प्रयोग हुने सबै सामानलाई आजै वितरण गरिने उनले जानकारी दिए ।

उनले अहिलेसम्म ९ सय १७ वटा नमुना परीक्षण भएको पनि जानकारी दिए । पोजेटिभ आएका चौथो र पाँचौ केसको ट्रेसिङ गर्ने काम भइरहेको तथा कुनै पनि पोजेटिभ केसमा स्वास्थ्य सम्बन्धि जटिलता नदेखिएको उनले बताए । उनले प्रतिघण्टा ३० वटाको दरले ११ १५ र ११ ३३ मा आएका कलहरुको सम्बोधन हुने गरेको बताए ।

मन्त्रालयले हाम्रो स्वास्थ्य नामको एप्लिकेसन सञ्चालनमा ल्याएको छ । यसमा सोधपुछ  गर्नुको साथै लक्षण राखेर जोकसैले कोरोना भाइरसको स्वमूल्याँकन गर्न सक्ने तथा, अस्पतालको विवरण, नमुना परीक्षण लगायतको जानकारी प्राप्त गर्न सकिने उनले जानकारी दिए । मन्त्रालयले सञ्चार र समन्वयको विभाग, शंकास्पद विरामीको खोज र टे«सिङ गर्ने गरि विभिन्न ५ वटा टिम बनाएर काम गरिरहेको पनि उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप