शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झन्डै ६ लाख ४० हजार नेपाली रुपैयाँमा बनेको रोबोटले श्रीलंकामा हेर्छ कोरोनाका शंकास्पद बिरामी

आइतबार, १६ चैत २०७६, १८ : ३८
आइतबार, १६ चैत २०७६

एजेन्सी । श्रीलंकास्थित होमागामा बेस अस्प्तालमा कोभीड–१९ का शंकास्पद बिरामीको उपचार रोबोटको सहयोगमार्फत गर्ने गरिएको छ । अस्पतालका निर्देशक डाक्टर जानिथ हेट्टियाराच्चीले रोबोटले प्रभावकारी काम गरिरहेको बताए । ‘झन्डै १ सय मानिसले गर्ने काम यसले गर्छ,’ उनले भने । यो रोबर्ट वार्डबाट वार्डमा घुम्छ र व्यक्तिको स्वास्थ अवस्थाबारे स्वास्थकर्मीलाई जानकारी दिन्छ । त्यस्तै, डाक्टरको सूचना पनि बिरामीलाई दिन्छ ।
बिरामीको आवश्यकताअनुसार खाना र औषधी वितरणमा पनि यसको प्रयोग हुने गरेको उनले बताए । एटलास् ग्रुपले यो उपलब्ध गराएको हो । रोबोटको डिजाईन र निर्माण स्थानीय कम्पनीले झन्डै १० लाख श्रीलंकन रुपैयाँ अर्थात् ६ लाख ४० हजार नेपाली रुपैयाँमा गरेको हो ।  तर, यसको अन्तर्राष्ट्रिय बजार मूल्य कम्तिमा ५० लाख श्रीलंकन रुपैयाँ हुने बताइएको छ । यो रोबोट अहिले परीक्षणकै क्रममा छ र भविष्यमा अन्य अस्पतालमा पनि यस्तै परियोजनामार्फत रोबोट राख्ने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप