शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नोबेल अस्पतालद्वारा उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था

आइतबार, १६ चैत २०७६, १८ : ३५
आइतबार, १६ चैत २०७६

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो ।

       संक्रमण फैलिरहेका बेला उपचारमा खटिने सबै डाक्टर, नर्श र स्वास्थ्य प्राबिधिकहरुलाई पीपीई उपलब्ध गराईएको अस्पताल सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । ‘बिरामीको उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु संक्रमणको जोखिममा हुँने र स्वास्थ्यकर्मीबाट पनि बिरामीमा संक्रमण फैलन सक्ने हुँनाले जोखिम न्यूनिकरणका लागि पीपीईको व्यवस्था मिलाएका हौं ।’ डा.शर्माले भने ‘तत्कालका लागि २ सय २५ थान पीपीई ल्याएका छौ । आवश्यकता अनुसार अझै थप गर्छौ ।’

       सरकारले सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाईसमेत पर्याप्त पीपीई उपलब्ध गराउन नसकिरहेका बेला नोबेलले स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो । उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाकवज उपलब्ध गराउने नोबेल पूर्वी नेपालको पहिलो अस्पताल हो । मुलुकमा कोरोना संक्रमित बिरामीको संख्या बृद्धि भएर जोखिम बढ्दै गएको अवस्थामा सबै स्वास्थ्यकर्मीले पीपीई लगाएर उपचारमा खटिन पाउँदा जोखिम न्यूनिकरण भई आत्मावल बढेको नोबेलको आकस्मिक कक्षका इन्चार्ज डा.अमित अग्रहरी बताउँछन् ।

       बिभिन्न देशमा उपचारमा खटिएका स्वास्थ्यकर्मीनै कोरोना संक्रमित भई ज्यान गुमाइरहेका छन् । यस्तो अवस्थामा निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल नोबेलले स्वास्थ्यकर्मीलाई पीपीई उपलब्ध गराएर उनीहरुको मनोबल बढाउने उदाहरणीय काम गरेको हो । जसका कारण स्वास्थ्यकर्मीले पनि सुरक्षित महसुस गरेका छन भने स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलनसक्ने जोखिम पनि न्यूनीकरण भएको छ ।

 त्यस्तैगरी नोबेलले उच्च ज्वरो आएका तथा कोरोना संक्रमणको लक्षण देखिएका बिरामीको परीक्षणका लागि आकस्मिक कक्ष नजिक बेग्लै उपचार कक्ष पनि निर्माण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप