गाउँ डुल्ने धर्मगुरुको कोरोनाका कारण निधन, हजारौं भक्तजन आतंकित
एजेन्सी । उत्तरी भारतमा कोभिड–१९ कोरोना भाइरसका कारण सिख धर्मगुरुको निधन भएपछि उनीसँग सम्पर्कमा रहेका कम्तिमा १५ हजार जनता उच्च सतर्कता अपनाइरहेका छन् । उनीहरु सबै अहिले कडा क्वारेन्टाइनमा छन् ।
७० वर्षका धर्मगुरु बलदेव सिंह इटली र जर्मनको भ्रमण गरेर फर्किएपछि क्वारेन्टाइन बस्नुको साटो पञ्चावका दर्जनौं गाउँ डुलेका थिए । कोरोना संक्रमणले उनको मृत्यु भएपछि स्थानीय झस्किएका छन् । प्रहरीले उनी डुलेका गाउँ पहिचान गरेर कडाई गर्न थालेपछि बल्ल घटना सार्वजनिक भएको हो । भारतमा २१ दिने लकडाउन सुरु हुनअघि नै ती गाउँमा लकडाउन गरिएको थियो, अहिले स्थानीय क्वारेन्टाइनमा बसेर उच्च सतर्कता अपनाइरहेका छन् ।
‘१८ मार्चमै पहिले १५ गाउँलाई सिल गरियो र हाम्रो बुझाईमा बन्द गरिएका यी गाउँमा १५ हजारदेखि २० हजार जनता छन्,’ स्वर्गीय बलदेव बस्ने गरेको बंगा जिल्लाका वरिष्ठ सरकारी अधिकारी गौरव जैनले भने , ‘अहिले यहाँ स्वास्थ टोली तयारी अवस्थामा छ ।’
यी धर्मगुरुसँग सम्पर्कमा रहेका १९ व्यक्तिमा संक्रमण देखिइसकेको स्थानीय प्रहरी विनय बब्लानीले बताए । त्यस्तै, २ सयभन्दा बढी व्यक्तिको परीक्षण नतिजा आउन बाँकी छ । यी गुरु र उनका दुई सहयोगीले युरोपबाट फर्किएपछि सेल्फ–आइशोलेसनमा बस्नुपर्ने नियम मानेका थिएनन् र सिंहको मृत्यु हुनअघिसम्म उनीहरु विभिन्न गाउँ परिक्रमा गरिरहेका थिए ।
यो घटनाले भारतलाई नै स्तब्ध बनाएको छ र क्यानडा बस्ने चर्चित पञ्जावी गायक सिद्धु मोसेवालाले सिंहबारे गीत नै बनाएका छन् । ‘मैले मृत्युको छायाँ जसरी गाउँ डुल्दै रोग फैलाएँ,’युट्युबमा भाइरल भइरहेको यो गीतले भन्छ । पञ्जावका प्रहरी प्रमुख दिन्कर गुप्ताले यो गीतलाई चेतावनीका रुपमा सुन्न स्थानीयलाई भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की
-
सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिले कम्युनिस्टप्रतिको विश्वास घट्यो : रावल
-
मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
-
हङकङसँग पनि हार्यो नेपाल