प्रहरीलाई कुटपिट गरेको अभियोगमा १ जना पक्राउ
आइतबार, १६ चैत २०७६, १७ : ४१
बारा । बाराको परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साह रहेको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साह समेत ८–९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेका थिए । व्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने