गाडी नचल्दासम्म बैंक किस्ता स्थागन गर्न यातायात व्यवसायीको माग
काठमाडौं । कोरोना भाइरसको कारण उत्पन्न आर्थिक संकटका कारण विभिन्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको ऋणको किस्ता तिर्न समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन् ।
उनीहरुले मासिक बैंक किस्ता नियमित रुपमा बुझाउन नबुझाउँदा बैंक ब्याजमा समेत वृद्धि हुँदै जाने भएकाले अहिलेको परिस्थितिमा मासिक बैंक किस्ता अनिवार्य नगरी ब्याज लगायतको हर्जनालाई पूर्ण छुट गर्न माग गरेका छन् । यस्तै गाडी नचलुन्जेलसम्मको लागि बैंक किस्ता स्थगन गर्न पनि उनीहरुले सरकारसँग माग गरेका छन् ।
आइतबार यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
व्यवसायीहरुको तर्फबाट महासंघका महासचिव सरोज सिटौंलाले मन्त्रालका सचिव शिशिर ढुङ्गानालाई ज्ञापन पत्र बुझाएका हुन् ।
सरकारले पूर्णतः मुलुक लकडाउन गरेको अवस्थामा मजदुरी गरेर खाने व्यवसायीहरुको आयश्रोतको बाटो गुमेको र सवारी साधन खरिद गर्दा बैंक तथा वित्तिय क्षेत्रबाट लिएको कर्जाको किस्ता समेत चलाउने अवस्था नरहेकोले यस्तो कर्जामा लाग्ने किस्ता बापतको रकम, ब्याज र जरिवाना शुल्क छुट दिन ज्ञापनपत्रमा सरकारसँग माग गरिएको छ ।
दैनिक मजदुरी गरेर खाने व्यवसायीहरुको रोजिरोटी नै गुमेका बेला दैनिक जीवन चलाउन समेत समस्या परिरहेको बेला बैंकको किस्ता र ब्याज चलाउन नसक्ने भएकाले सरकारसँग यस्तो माग गरिएको महासचिव सिटौंलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव
-
नेपाललाई दोस्रो सफलता