केन्द्रीय संस्करण

कोरोना महामारीमा उत्तरदायी सरकार : स्वास्थ्यकर्मीको सुरक्षा, औषधि र खाद्यान्नको सुलभता

person explore access_timeचैत १६, २०७६ chat_bubble_outline0

विद्यमान लकडाउनले हामी सबैलाई कोरोना संक्रमण फैलिनबाट धेरै हदसम्म जोगाइरहेको छ । बेलैमा सरकारले गरेको यस निर्णयको स्वागत गर्नैपर्छ । विश्वमहामारीको अवस्थामा हामीले आत्मनिर्भर भएर कति रहन सक्छौं यो एउटा अभ्यास पनि हो । साथै हामीले यस्तो अवस्थामा  मित्र राष्ट्रहरु तथा अन्तर्राष्ट्रिय सहयोगका निकायहरुलाई परिचालन गर्न हामी कति सफल छौं भन्ने परीक्षामा पनि हामी छौं। संक्रमितको संख्या  थोरै मात्र छ भनेर बिलकुल लापरबाही गर्न मिल्दैन । यही बेलामा सुरक्षात्मक विधि नअपनाएमा एउटा मात्र संक्रमितले पनि भयावह स्थिति सिर्जना गर्न सक्छ । विदेशबाट आएर ग्रामीण क्षेत्रमा गुपचुप बस्नेहरुमा कोरोना भाइसर देखियो र त्यसको संक्रमण अन्यमा फैलियो भने त्यो हाम्रो लागि भयानक समस्या बन्न सक्छ । 

आजको यस्तो गम्भीर परिस्थितिमा सरकार, पार्टी, संचार क्षेत्र र जनताको बीचमा पश्चिमी देशहरुको भन्दा तुलनात्मक रुपमा व्यवस्थापन गर्न सकिने समस्याको समाधानका बिषयमा तालमेल हुन जरुरी छ । हाम्रो यतिबेलाको मुख्य काम भनेको सहि सूचना तथा उचित व्यवस्थापन सहितको उपचार गर्ने कुरा हो । यो भनेको सरकारले व्यवस्थापकिय क्षेत्रमा आफुलाई अब्बल साबित गर्ने कुरा हो । संकटहरु सूचना दिएर नआउने भएकाले हामीमा संकटको सामना गर्ने तत्परता हुनुपर्छ । 

कोरोना बिश्वयुद्ध भन्दापनि खतरनाक युद्ध हो । सिङ्गो मानव सभ्यता,मानव जाति,विकसित बिज्ञान प्रबिधिलाई चुनौती दिएर कोरोना भाइरसले हाम्रो सम्पदा,समृद्धि,प्रबिधि व्यवस्थापनलाई नै परीक्षामा हालिदिएको छ ।  त्यसकारण यो समय नकारात्मक रुपले पैदाभएको चुनौतीलाई सकारात्मक बिकासका लागि प्रयोग गर्ने समय पनि हो । हाम्रा कमीहरुलाई सच्च्याउने,आपनो ज्ञान क्षमता, शासकीय क्षमता, जनसम्बन्ध,अर्थतन्त्रको रक्षा गर्ने क्षमतालाई व्यबहार र सिकाइ तथा हाम्रा इमान्दारीपूर्ण प्रयासबाट वृद्धि गर्ने हो ।व्याप्त भ्रष्टाचारजन्य मानसिकताबाट मुक्त भई सदाचारयुक्त भावना,संस्कृति र व्यबहारमा उठ्ने समय पनि हो । बिपत्तिबाट भागेर होइन सामना गरेर मात्र हामी हाम्रो अस्तित्वलाई रक्षा गर्न सक्छौ। 

निश्चय नै हामी आर्थिकरुपमा कमजोर छौंतर सांस्कृतिक रुपले भने नेपाली समाज सबल समाजका रुपमा रहेको छ। हाम्रो सामाजिक सद्भाव,आस्था,संस्कृति र परम्पराहरु सहयोगी र एकअर्कालाई भोको देख्न नसक्ने मान्यताबाट विकसित हुँदै आएका हुनाले संकटको घडीमा पनि हामी तुलनात्मक रुपले यही समाजमा सुरक्षित छौं । हामी ग्रामीण क्षेत्र तथा कठिन परिवेशमा हुर्किएर अनेकौं अभाव र कठिन परिस्थतीको सामना गरिरहेकाले पनि यस्ता चुनौतीको सामना गर्न आँटिलो स्वभावका छौं । तर विकास र प्रविधिका दृष्टिकोणले विकसित तर एकात्मक सामाजिक शैली९इन्डिभिजुआलिस्टिक सोसल सिस्टम०अपनाएका देशहरुमा यसप्रकारको सांस्कृतिक मूल्यहरुको कमीले संकटमा सर्वसाधारणहरु निसहाय हुन्छन् किनभने त्यहाँ हाम्रो समाजमा जस्तो गहिरो र समाजका अन्य सदस्यहरुप्रति उत्तरदायी हुने किसिमको सामाजिक एकिकृतता हुँदैन।

लन्डनमा रहेका मधुमेहका रोगी क्याप्टेन भुवनजङ गुरुङले एक मुठ्ठी चामल किन्न जाँदा कुनै स्टोरमा पनि नपाएकोले उनले रोगका लागि जोखिम बढाउने चकलेट खानुपरेको खबर सामाजिक सञ्जालहरुमा आयो। यो त एउटा प्रतिनिधि केस मात्र हो। उनको जस्तै बिदेशमै बस्ने हजारौं नेपालीहरुकालागि अहिलेको अवस्था सहज छैन। कम्तीमा हामीकहाँ एकमुठी अन्न बाँडिचुडी खाने त संस्कार छ१

यसो भनिरहँदा हामी संकटको घडीमा अन्य देशहरुभन्दा सफल छौं भन्ने चाहीँहोइन । हाम्रो जीविकोपार्जनमुखी उत्पादनका कारण आज मास्कसमेत आयात गर्नुपर्ने अवस्था छ। खाद्यान्नमा पनि आत्मनिर्भर हुन नसकेका हामीहरु कोरोना संक्रमण कम गर्ने प्रयासकालागि अत्यावश्यक सामाग्रीहरुको जोहो गर्न समेत अन्तराष्ट्रिय सहयोग निकाय तथा मित्र राष्ट्रहरुको भर पर्नुपर्ने अवस्थामा छौं। 

विकसित राष्ट्रहरुबाट सुरु भएको यो समस्या हाल विश्वका सबैतिर ब्याप्त छ। विकसित र हामीजस्ता विकासोन्मुख देशहरुका लागि कोरोनाको समस्या साझा भएपनि निराकरणको बाटोमा देखापरेका चुनौतीका स्तर भने बेग्लाबेग्लै छन्। विकसित राष्ट्रका समस्या बेग्लै अनि अविकसित राष्ट्रका समस्या बेग्लै। 

हामीले यहाँसम्म गरेको प्रयास र सतर्कतामा थप मद्दतका लागि म सरकार र हामी सबै नागरिकले गर्नैपर्ने बाँकी व्यबस्थापकिय कामतिर ध्यान आकर्षक गर्न चाहन्छु । 

पहिलो कुरा हामीसँग भएको साधन स्रोतको आँकलन,उचित व्यवस्थापन र बितरण गर्नु हो । हाम्रो संस्कारले आवश्यकतातिर भन्दा पहुँचतिर केन्द्रित हुने गरेको बिगतबाट यतिबेला पाठ सिक्नै पर्छ । ूमौकामा चौका हान्नेू प्रचलित नेपाली उखानको दुरुपयोग हुने सम्भावना हुन सक्ने भएकाले आवश्यक ‍औषधिजन्यर दैनिक उपभोग्य सामाग्री आयात र बितरणका लागी निश्चित नाफा तोकेर सरकारले मूल्य तोक्नुपर्छ । यतिबेला बजार नियन्त्रित मूल्य नभै निश्चित नाफा पाउने व्यवस्थासहित राज्य नियन्त्रित मूल्य हुन जरुरी छ । 

निजी क्षेत्रका लागि पुँजी परिचालन गरे बापत तोकिएको नाफा समेत हुने भएपछि इमान्दार व्यवसायीहरु ब्यापारमा लाग्ने छन् भने बजार बिकृत तुल्याउने र सर्वसाधारणलाई ठग्ने नाफाखोरहरु बजारबाट बिस्थापित हुन्छन्।  दैनिक उपभोग्य सामाग्रीको मूल्य सरकारले सार्वजनिक गर्नुपर्छ ताकी कालोबजारी नहोस् । उपभोग्य सामाग्रीको बचत कहाँ कति छ भनेर लेखा राख्नुको साथै उपलब्ध गराउने विधि, माध्यम, सम्पर्क नम्बर र मूल्यसमेत तोकेर सार्वजनिक गर्नुपर्छ । वितरण गर्दा पनि संकटमा सञ्चित गर्ने मनोबिज्ञान समेतलाई ध्यान दिई आवश्यकताको आधारमा वितरण गर्नु पर्छ । 

दोस्रो, स्वास्थ्यकर्मीहरुको सुरक्षा अर्थात् उनीहरुको सुरक्षा सामाग्री ९सेल्फ प्रोटेक्टिभ इक्विपमेन्ट० पर्याप्त उपलब्ध गराउनु पर्छ । जोखिमपूर्ण कार्य गरेबापत जीवन बीमा, प्रोत्साहन  भत्ता साथै जीवन बचाउने जिम्मेवारीको बोधसहित उनीहरुको  उच्च मनोबल बनाइ राख्न जरुरी छ । 

तेस्रो, प्रशासन तथा व्यबस्थापकिय क्षेत्रबाट बिना कुनै झन्झट छरितो र पारदर्शी काम गर्नु पर्छ । राजनीतिक नेतृत्व आत्मसुरक्षाबाट मुक्त भई सतर्कतापूर्वक जनताको सुरक्षामा केन्द्रित हुनुपर्छ।नेतृत्वले आफनो कारण जनता र राष्ट्रमा समस्या नथपियोस् भन्ने कुरा बुझ्नुपर्छ । 

चौथो, दैनिक काम र ज्यालामा बाँचेका श्रमिकहरुलाई प्राथमिकता राखी तिनलाई व्यवस्था गर्ने कार्यमा तत्परता देखाउन ढिलाई भैसकेको छ । अलपत्र परेका नागरिकहरुको अवस्था अनुसार सोही ठाउँमा व्यवस्था वा गन्तव्यसम्म पुर्याउने काम गर्नुपर्दछ । बिदेशमा रहेका नागरिकहरुबारे नीति स्पष्ट गर्नु पर्दछ । 

पाँचौं,कोरोना महामारीको बेला अन्य बिरामी हुँदैनन् भन्ने मानसिकताबाट मुक्त भई सबै अस्पतालहरु  संचालनन हुनुपर्छ । बिरामीको लागि आवश्यक एम्बुलेन्स पाउने ठेगाना, फोन नम्बर र उपलब्धताको अनिवार्यतासहित जनतालाई जानकारी दिनुपर्छ । गर्भवती, महिला, बालबालिका र बृद्धबृद्धाहरुको संरक्षणको प्रश्न पनि महत्वपूर्ण छ ।  अन्य बिरामीहरुलाई कोरोनाको मनोबैज्ञानिक दवावबाट मुक्त गराउनु पर्छ ।  छैठौं, सुरक्षामा खटिने सुरक्षा निकाय, दैनिक काममा खटिने कर्मचारीहरु सहि सूचना पुर्याउने सञ्चारकर्मीहरुको कामलाई थप हौसला प्रदान गर्दै उच्च मनोबल बनाइ राख्ने आवश्यक नीति बनाउनु पर्छ । 

अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कुरा यो महामारीको क्रममा धेरै राष्ट्रहरुले जनताको सुरक्षा र अर्थतन्त्रको रक्षाका लागि आर्थिक प्याकेजहरु घोषणा गरेका छन् । नेपाल सरकारले पनि हाम्रो आवश्यकता र सन्दर्भमा आर्थिक अवस्थाको समीक्षा गर्दै आर्थिक राहतको प्याकेज घोषणा गर्न जरुरी छ । सुत्केरी, बालबालिका, असहाय नागरिक, दैनिक ज्यालामा आश्रित परिवारको बारेमा ठोस योजना प्रस्तुत गर्नु पर्दछ ।

त्यसैगरी अर्थतन्त्रलाई थेगिराख्न लगानी र उत्पादनका विभिन्न क्षेत्रहरुबारे नीति पुनरावलोकन गरीतय गर्न गरुरी छ । बैंकिङ, वित्तीय तथा सहकारी क्षेत्रबाट प्रवाह भएका ऋण भुक्तानी,ब्याज, घरभाडा, विद्युत लगायतका अन्य महसुलहरु समेतका बारेमाथप नीतिगत स्पष्टता आवश्यकता छ । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु । सबै मिलेर संकटको सामना गरौं आफुसँग प्राप्त जिम्मेवारी पूरा गर्न आत्मसमीक्षासहित संकल्पबद्ध होऔंस जनताको साथ सहयोग त सधैंभरी प्राप्त छँदैछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.