उद्योग वाणिज्य महासंघले भोलिदेखि राहत वितरण गर्ने
आइतबार, १६ चैत २०७६, १६ : ००
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भोलिदेखि राहत वितरण गर्ने भएको छ । महासंघले चामल, दाल लगायतका खाद्यान्न र मास्कसहितको मेडिकल उपकरण बाँड्न लागेको अध्यक्ष भवानी राणाले बताइन् ।
महासंघले प्रत्येक श्रमिकलाई ५ किलो चामल र १ किलो दालको दरले वितरण गर्नेगरी सामान प्याकेटिङ गरिरहेको छ । भोलिदेखि ठाउँ हेरेर पकेट–पकेटमा त्यस्तो राहत सामाग्री वितरण गर्ने योजना बनाएको राणाले बताइन् । सरकारसँगको समन्वयमा यस्तो राहत सामाग्री वितरण हुनेछ ।
महासंघले सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा ५० लाख सहयोग गर्ने यसअघि नै घोषणा गरिसकेको छ । अरु डेढ करोडको खाद्य सामाग्री र औषधि बाँड्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा