बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सहमतिको सरकार बन्नुपर्ने काँग्रेसको माग छैन  ः प्रवक्ता शर्मा

आइतबार, १६ चैत २०७६, १६ : ००
आइतबार, १६ चैत २०७६

काठमडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहमतिको सरकार बन्नुपर्ने आफ्नोको माग नभएको बताएको छ । आइतबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटमार्फत अहिलेको अवस्थामा सहमतिको सरकार बन्नुपर्ने माग पार्टीको नरहेको र यसबारे कुनै छलफल पनि नभएको बताएका हुन् ।

 वरिष्ठ नेता रामचन्द्र पौडेलले चैत १३ साँझ आफ्नो भिडिओ सन्देशमा 'संकटका बेला दुनियाँमा सहमतिको सरकार बनाउने प्रचलन रहेको र आवश्यक परे सहमतिको सरकार बनाउन सक्नुपर्छ' भनेका थिए । उनको उक्त अभिव्यक्तिपछि सहमति सरकारबारे काँग्रेसको आधिकारिक धारणा के हो भन्ने प्रश्न उठेको थिए। 

प्रवक्ता शर्माले भने, ‘सहमतिको सरकार बन्नुपर्ने काँग्रेसको माग छैन । यसबारे कुनै छलफल पनि भएको छैन।’ 

सरकारलाई सघाउनु, सुझाव र दवाव दिनु नै प्रमुख प्रतिपक्षको कर्तव्य हुने शर्माले ट्वीटरमा उल्लेख गरेका छन्। ‘सरकारमा सँगै नभएर पनि सँगै लड्न सकिन्छ,’ उनले भनेका छन्, ‘यही हो काँग्रेसको आधिकारिक धारणा।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप