एशियाकै धनाढ्य ज्याकमाले पठाएको १ लाख थान मास्क नेपाल आइपुग्यो
विश्वचर्चित अनलाइन कम्पनी अलिबाबाका संस्थापक तथा एशियाकै धनाढ्य व्यक्ति ज्याकमा र चीनका विभिन्न संस्थाले गरेको सहयोग नेपाल आइपुगेको छ ।
यसअघि ज्याकमाले नेपालसहित दक्षिण तथा पूर्वी एशियाका ९ देशलाई सहयोग गर्ने घोषणा गरेका थिए । अलिबाबा फाउन्डेसन तथा ज्याक मा फाउन्डेसनमार्फत उनले १ लाख २०० थान एन ९४ मास्क र २० हजार ६४ वटा परीक्षण किट नेपाल पठाएका हुन् । मास्कको मुल्य १० लाख ८४ हजार १ सय ६४ चिनियाँ युआन अर्थात् झन्डै १ करोड ८४ लाख नेपाली रुपैयाँ पर्न जान्छ भने परीक्षण किटको मुल्य १ करोड ५५ लाख नेपाली रुपैयाँ बराबर पर्छ ।
अरु के– के आयो ?
सिचुवान प्रान्त तथा चिनियाँ दूतावासले सहयोग स्वरुप पठाएको एन९५ मास्क २ हजार थान, डिस्पोजेवल सर्जिकल मास्क २४ हजार, डिस्पोजेबल मास्क २० हजार, सुरक्षात्मक चश्मा ५ सय थान, नन कन्ट्याक्ट इन्फ्रारेड थर्मोमिटर १ सय थान, इयर थर्मोमिटर १ सय थान, क्लोरेक्विन फोस्पेट ट्याबलेट ४ सय बक्स, सुरक्षात्मक पोशाक ५ सय ३० थान र १ थान पोर्टेबल भ्यान्टिलेटर पनि आइतबारै काठमाडौं आइपुगेको छ ।
चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, सिचुवान हुवासी ग्रुप र होङ्सी सिमेन्ट लिमिडेटले पनि नेपाललाई सहयोग गर्दैछन् । यी कम्पनीले पठाएको सहयोग अप्रिल १ मा नेपाल आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !