गायक बद्री पंगेनीले गरे कारोना रोकथाम कोषमा ५० हजार सहयोग
आइतबार, १६ चैत २०७६, १४ : २४
काठमाडौ । लोक दोहारी गायक बद्री पंगेनीले सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् । सरकारको पछिल्लो तत्परता लाई ध्यानमा राख्दै पंगेनीले उक्त रकम सहयोग गरेका हुन्।
अहिले धापासीस्थित निवासमा लकडाउनको अवस्थामा समय बिताइरहेका पंगेनीले राष्ट्रिय बाणिज्य बैंकमार्फत उक्त कोषमा रकम दाखिला गरेका हुन् । सबैको सानोसानो सहयोगले सरकारलाई अहिलेको बिपतबाट पार पाउन सजिलो हुने उनको धारण रहेको छ । यो लक डाउनमा आफुले पुस्तक पढ्ने, फिल्म हेर्ने र नयाँ गीत बनाउनेमा समय बिताइरहेको पंगेनीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’