शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गरिबसँग दुईपटक माफी माग्दै मोदीले भने,‘लकडाउनको विकल्प थिएन’

आइतबार, १६ चैत २०७६, १४ : ०८
आइतबार, १६ चैत २०७६

प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो रेडियो कार्यक्रम ‘मन की बात’ मार्फत लकडाउनको मारमा परेका भारतका गरिब जनतासँग माफी मागेका छन् । 

‘आज दुनियाँभर कोरोना संकटकै चर्चा छ । यस्तोमा दोस्रो कुरा गर्नु उचित हुँदैन । केही यस्ता निर्णय लिनुप¥यो, जसले गरिबलाई दुःख दियो । म सबैसँग क्षमा माग्छु,’ मनकी बातको ६३ औं शृंखलामा उनले भने, ‘मसँग यस लडाइँमा यसबाहेक अन्य विकल्प थिएन । कसैलाई यस्तो गर्न मन पनि लाग्दैन, तर मलाई तपाईंको परिवार सुरक्षित राख्नु छ । त्यसैले दोस्रोपटक क्षमा माग्छु ।’

शनिबार रातिसम्मको तथ्याङ्कअनुसारमा भारतमा १ हजार ३० जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप